लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा

Published on

काठमाडौं । झापाको वर्षौंदेखि निष्क्रिय रहेको एक सामाजिक संस्थाको नाममा रहेको करोडौं मूल्यको जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदन गौरीगञ्जको ११ विगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार अलपत्र रहेको अवस्थामा रहेको जग्गा बिक्री वितरण गर्ने प्रयास भइरहेको थाहा पाएपछि यस विषयमा बारम्बार छलफल हुँदै आएको थियो । गौरीगञ्ज गाँउपालिकाको वडा नं। २, ३ र ४ मा रहेको जग्गा वि।सं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोक सेवा सदन नामक संस्थालाई राजिनामा पास गरिदिनुभएको थियो । वि.सं.२०३८ सालमा जग्गा प्रदान गरेको अभिलेखमा देखिएको तर २०५९ मा लोकसेवा सदन नामक संस्था दर्ता गरेर उक्त संस्थाको नाममा जग्गा दाबी गरिएको देखिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो । नक्कली संस्था खडा गरेर जग्गा हडप्ने नियत देखिएकाले यस विषयमा गाँउपालिका समेतको सक्रियतामा जग्गा सरकारीकरण गरिएको बास्तोलाको भनाइ छ । गत जेठ ४ गते मालपोत कार्यालय दमकले उक्त जग्गा सरकारीकरण गरेको हो ।

कुनै संस्था निष्क्रिय रहेको अवस्थामा र वर्षौंसम्म नवीकरण नभएपछि संस्था दर्ता ऐन बमोजिम उसको स्वामित्वमा रहेको जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था अनुसार नै उक्त जग्गा सरकारी करण गरिएको जनाइएको छ । कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा जग्गा आएको हो । यो जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय झापाले छानविन समिति पनि बनाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँको संयोजकत्वमा नापी कार्यालय, मालपोत कार्यालय र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेको छानविन समिति गठन भएर यसले दिएको प्रतिवेदनमा पनि जग्गा सरकारीकरण गर्न सुझाव दिएको थियो । गाँउपालिकाकी उपाध्यक्ष पुजन न्यौपानेका अनुसार न्यायीक समितिले मालपोत कार्यालय दमकलाई पत्रचार गरेर जग्गा रोक्का गरेको थियो । ढिलै भएपनि जग्गा सरकारीकरण भएको छू, न्यौपानेले भन्नुभयो । सार्वजनिक सम्पतीको दुरुपयोग र हडप्ने नियत राख्ने कार्य निस्तेज बनेको छू, उहाँले भन्नुभयो । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...