लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा

Published on

काठमाडौं । झापाको वर्षौंदेखि निष्क्रिय रहेको एक सामाजिक संस्थाको नाममा रहेको करोडौं मूल्यको जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदन गौरीगञ्जको ११ विगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार अलपत्र रहेको अवस्थामा रहेको जग्गा बिक्री वितरण गर्ने प्रयास भइरहेको थाहा पाएपछि यस विषयमा बारम्बार छलफल हुँदै आएको थियो । गौरीगञ्ज गाँउपालिकाको वडा नं। २, ३ र ४ मा रहेको जग्गा वि।सं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोक सेवा सदन नामक संस्थालाई राजिनामा पास गरिदिनुभएको थियो । वि.सं.२०३८ सालमा जग्गा प्रदान गरेको अभिलेखमा देखिएको तर २०५९ मा लोकसेवा सदन नामक संस्था दर्ता गरेर उक्त संस्थाको नाममा जग्गा दाबी गरिएको देखिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो । नक्कली संस्था खडा गरेर जग्गा हडप्ने नियत देखिएकाले यस विषयमा गाँउपालिका समेतको सक्रियतामा जग्गा सरकारीकरण गरिएको बास्तोलाको भनाइ छ । गत जेठ ४ गते मालपोत कार्यालय दमकले उक्त जग्गा सरकारीकरण गरेको हो ।

कुनै संस्था निष्क्रिय रहेको अवस्थामा र वर्षौंसम्म नवीकरण नभएपछि संस्था दर्ता ऐन बमोजिम उसको स्वामित्वमा रहेको जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था अनुसार नै उक्त जग्गा सरकारी करण गरिएको जनाइएको छ । कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा जग्गा आएको हो । यो जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय झापाले छानविन समिति पनि बनाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँको संयोजकत्वमा नापी कार्यालय, मालपोत कार्यालय र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेको छानविन समिति गठन भएर यसले दिएको प्रतिवेदनमा पनि जग्गा सरकारीकरण गर्न सुझाव दिएको थियो । गाँउपालिकाकी उपाध्यक्ष पुजन न्यौपानेका अनुसार न्यायीक समितिले मालपोत कार्यालय दमकलाई पत्रचार गरेर जग्गा रोक्का गरेको थियो । ढिलै भएपनि जग्गा सरकारीकरण भएको छू, न्यौपानेले भन्नुभयो । सार्वजनिक सम्पतीको दुरुपयोग र हडप्ने नियत राख्ने कार्य निस्तेज बनेको छू, उहाँले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...