मझगाउँ विमास्थल जग्गा प्राप्तिका लागि रमेश लेखक सक्रिय

Published on

महेन्द्रनगर ९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित पुर्ननिर्माण भइरहेको मझगाउँ विमानस्थल स्तरोन्नतीका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच बुधबार काडमाण्डौमा छलफल भएको छ ।
निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन प्रमुख सचेतक लेखकले मन्त्री उप्रेतीलाई ज्ञापन बुझाएका हुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो ।
लेखकका स्वकीय सचिब जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्च स्तरमा मझगाउँ विमास्थलका लागि थप जग्गा प्राप्तीका विषयमा छलफल सकरात्मक भएको बताउनुभयो ।
“ मन्त्री र प्रधानमसेनापति ज्यूबाट विमानस्थल सम्वन्धमा सकरात्मक धारणा आएको छ ।” भट्टले भन्नुभयो–“ यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।”
केही समयअघि स्थानीयहरुले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए ।
विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि उक्त कार्यको पुरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।
विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू–भाग विमनस्थल स्तरोन्नतीमा मासिन जान्छ ।
रु ४५ करोडको ठेक्का दिइएको विमानस्थलको पुर्ननिर्माण ३६ प्रतिशत सकिसकेको छ ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।
नेपाली सेनाले आफ्नो जग्गा  र विमानस्थलमा पर्ने केही भौतिक संरचना अन्यत्र उपलब्ध गराइदिन आशय व्यक्त गरेको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...