रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Published on

काठमाडौं । रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलको जितगढी र तिलोत्तमाको ड्राइभरटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ का डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका ४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्यालले चलाएको प्रदेश नं। ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल शुक्रबार राति १०ः३० बजे जितगढीमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यृ भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...