सल्ली खोलामा बनेको पुल प्रयोगविहीन

Published on

काठमाडौं । सिमकोट हिल्सा सडकखण्डको सल्ली खोलामा पक्की पुल बने पनि प्रयोगमा आउन सकेको छैन । पुलको किनारामा ग्याविन भरेर सडकलाई केही उचाई दिनका लागि बजेटको कमी भएका कारण निर्माण हुन नसक्दा निर्माण कार्य पूरा भएको पुल सञ्चालन आउन नसकेको हो ।

पुल निर्माण कम्पनी स्वच्छन्द कङ्ग्री निर्माण जेभीका प्रतिनिधि छिरिङ लामाले गत मङ्सिर महिनामा निर्माण कार्य पूरा भएको उक्त पक्की पुल हालसम्म सञ्चालन हुन नसकेको जानकारी दिनुभयो । उहाँले सम्झौता अनुसार पुल निर्माणको कार्य पूरा गरेको बताउनुभयो । अब थप बजेटको व्यवस्था नभएसम्म पुल पश्चिमतर्फको सडकमा ग्याविन लगाएर सडकलाई उचाई दिन नसकेसम्म पुल सञ्चालनमा आउन नसक्ने उहाँको भनाइ छ । लामाले सडक किनारामा ग्याविन भर्ने कार्य हिल्सा सिमकोट सडक आयोजनाले मौखिक रुपमा गर्न निर्देशन दिए पनि त्यो गर्न नसकिने जानकारी दिनुभयो । त्यसका लागि थप लागतको आवश्यक पर्ने भएका कारण सडक विभागबाट भिओ स्वीकृत नभई काम गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । यसले गर्दा सल्लीको पक्की पुल सञ्चालनमा आउने कुरा अनिश्चित भएको छ । सात वर्ष अगाडि हिल्सा सिमकोट सडक आयोजनाले सो पुल निर्माणका लागि उक्त निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीले सात महिना अगाडि निर्माण कार्य पूरा गरेको थियो । आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले केही काम बाँकी रहेको र त्यसका लागि बजेट अभाव भएका कारण निर्माण कार्य पूरा भएर पनि सञ्चालनमा आउन नकसको बताउनुभयो । पुल निर्माण भएर सञ्चालनमा नआएका कारण हाल सल्ली खोलमा चार वर्ष निर्माण गरिएको काठे पुलमा यातायातका साधन तर्दै आएको छ भने पुल पनि निक्कै जिर्ण अवस्थामा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...