भद्रपुरसहित चार पालिकामा हात्तीपाइलेको औषधी वितरण असफल

Published on

काठमाडौं । हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधी सेवन अभियानको म्याद १० दिन थप्दासमेत झापाका भद्रपुर नगरपालिकासहित चार पालिकामा भने अभियान असफल भएको छ ।

वैशाख १६ देखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदा समेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधी सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । वैशाख १६ देखि ३० गतेसम्म अभियान सञ्चालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधी सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधी सेवन गराएको थियो । भद्रपुरसँगै जिल्लाका चार पालिकाले ८० प्रतिशतभन्दा कमलाई मात्रै औषधी खुवाउन सकेको तथ्याङ्क रहेको छ । ८० प्रतिशतभन्दा कममा यो औषधी खुवाएमा कार्यक्रम असफल मानिन्छ । यस अभियानमा अर्जुनधारा नगरपालिकाले ७४.७९ प्रतिशत, हल्दिवारी गाउँपालिकाले ७७.४२ प्रतिशत र दमकले ७९.४६ प्रतिशतलाई औषधी सेवन गराएको हो । झापामा यस अभियानको सबैभन्दा बढी बिर्तामोडले १००.१२ प्रतिशत, बुद्धशान्तिले ९३.१८ प्रतिशत, शिवसताक्षीले ९२.३२ प्रतिशत, झापा गापाले ९०.९५ प्रतिशत, कचनकवलले ८९.०५ प्रतिशत, गौरादहले ८७.७७ प्रतिशत, गौरीगञ्जले ८७.७४ प्रतिशत, बाह्रदशीले ८६.७१ प्रतिशत, कनकाईले ८५.३१प्रतिशत, मेचीनगरले ८२.६९ प्रतिशत, कमलले ८१.५८ प्रतिशतलाई हात्तीपाइलेको औषधी सेवन गराएका छन् ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधी खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८३.९४ प्रतिशत अर्थात् आठ लाख ५० हजार ६० जनाले औषधी सेवन गरेका छन् । कुल १० लाख १२ हजार ६४२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको थियो । वैशाख १६ देखि ३० गतेसम्म सञ्चालित आम औषधी कार्यक्रमअन्तर्गत ७९.४६ प्रतिशतले औषधी सेवन गरेकोमा थपिएको म्यादमा सङ्ख्या बढेर ८३.९४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताउनुभयो । केहि पालिकामा असफ लबने पनि समग्र जिल्लाभर भने कार्यक्रम सफल भएको बाह्रकोटीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...