नवलपुर स्थित अवरुद्ध सडक एकतर्फी सञ्चालन

Published on

क्काठमाडौँ । पूर्व–पश्चि राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएको ठाउँमा ढुङ्गा–माटो भरेपछि अहिले एकतर्फी सञ्चालनमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो ।

दुईतर्फी सडक खुलाउने प्रयास पनि जारी रहेकाले दुईतर्फी यातायात सञ्चालन हुन करिब तीनदेखि चार घण्टा लाग्न सक्ने उहाँले बताउनुभयो । अहिले क्रमैसँग साना ठूला गाडी पास भइरहेको उहाँले बताउनुभयो । सोमबार साँझदेखि परेको वर्षाका कारण राति १२ बजेदेखि अवरुद्ध राजमार्ग २४ घण्टा पछि एकतर्फी सञ्चालनमा आएको हो । खोलाले पुलसँगैको माटो बगाएपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडक अवरुद्ध हुँदा रातको समयदेखि लामो दूरीका यात्रुहरु अलपत्र परेका थिए । यस्तै, नवलपुरको विनयीत्रिवेणी गाउँपालिका –२ विश्वकर्मा मन्दिरनजिक नारायणघाट–बुटवल सडक खण्डमा बर्खाका कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका –५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । गोरखापत्र ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...