नवलपुर स्थित अवरुद्ध सडक एकतर्फी सञ्चालन

Published on

क्काठमाडौँ । पूर्व–पश्चि राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएको ठाउँमा ढुङ्गा–माटो भरेपछि अहिले एकतर्फी सञ्चालनमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो ।

दुईतर्फी सडक खुलाउने प्रयास पनि जारी रहेकाले दुईतर्फी यातायात सञ्चालन हुन करिब तीनदेखि चार घण्टा लाग्न सक्ने उहाँले बताउनुभयो । अहिले क्रमैसँग साना ठूला गाडी पास भइरहेको उहाँले बताउनुभयो । सोमबार साँझदेखि परेको वर्षाका कारण राति १२ बजेदेखि अवरुद्ध राजमार्ग २४ घण्टा पछि एकतर्फी सञ्चालनमा आएको हो । खोलाले पुलसँगैको माटो बगाएपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडक अवरुद्ध हुँदा रातको समयदेखि लामो दूरीका यात्रुहरु अलपत्र परेका थिए । यस्तै, नवलपुरको विनयीत्रिवेणी गाउँपालिका –२ विश्वकर्मा मन्दिरनजिक नारायणघाट–बुटवल सडक खण्डमा बर्खाका कारण डाइभर्सनको माटो बगाएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका –५ पाङग्रेस्थति दलदले डेढगाँउको भित्री सडक खण्डमा पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...