१६ जिल्लाका सीडीओका सरुवा (सूचीसहित)

Published on

काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान एवम् गृहमत्री रवि लामिछानेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापना तथा सरुवा गरिएको हो । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, नवलपरासी पूर्वमा अरुण पोखरेल र पाँचथरको प्रमुख जिल्ला अधिकारीमा विष्णुप्रसाद कोइरालालाई पदस्थापन गरिएको छ । पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्यप्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेखबहादुर मग्रातीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, गृह मन्त्रालयअन्तर्गत १६ जना प्रजिअसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन...

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...