किसानलाई मकै थन्काउने चटारो

Published on

काठमाडौं । अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाच्न भ्याइनभ्याइ हुन थालेको छ ।वैशाख सकिएसँगै मकै भाच्न सुरु गरेका किसान हरुलाई पाकेको अगौटे मकै भित्र्याउन चटारो परेको छ । तराईका खेतीयोग्य जमिनमा अगौटे र पछौटे मकै पाक्न सुरु भएपछि किसानलाई मकै भाच्न र थन्काउन चटारो परेको हो । अगौटे मकै भित्र्याउनु पर्ने भएकाले तराईका जिल्लामा किसानहरु खेतमै व्यस्त हुन थालेका छन् । वैशाख अन्तिमबाटै अगौटे मकै भाच्न सुरु गरेका किसानहरु मकै भाच्ने, दाउनी गर्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् । समयमै मल बिउ उपलब्ध हुँदा मकै उत्पादन राम्रो भएको वराहक्षेत्र ९ का किसान जितेन्द्र कविरथले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुनसरीमा मकै उत्पादनमा वृद्धि हुने बताइएको छ । खेतभरि पाकेको र पकक्दै गरेको मकै वर्षाले भित्र्याउन नदिने होकी भन्ने पिर किसानलाई छ । मौसमले साथ दिइरहेकाले सुनसरीका किसानहरु पनि पाकेको मकै भाचेर थे्रसर गर्न थालेका छन् । बराहक्षेत्र १० का कृषक प्रेम अधिकारीले भन्नु भयो “अहिले सुनसरीका खेतका फाँटहरुमा मकै भाच्ने, सुकाउने र थे्रसर गर्ने काममा किसानहरु व्यस्त हुनुहुन्छ ।” तराईका जिल्लाहरुमा मकै बाली भित्र्याउने क्रम असार अन्तिमसम्म रहन्छ । मकै उठाएर किसान हरुलाई बेलैमा धान रोप्ने बारीमा आली लगाउन पनि चटरो छ ।

बराहक्षेत्र १० का वेदनिधि पौडेलले पानी परेर मकै बिग्रिने डरले एक विघाहमा लगाएको हाइब्रेड मकै भाचेर थे्रसर गरिसक्नु भएको छ । उहाँले भन्नुभयो “फलेको मकै पानीले बिग्रेला की भनेर भाचेर बिक्री गरिसकेको छु । तराईका जिल्लाहरुमा किसानहरुले हाइब्रेट जातका बिउ डिकेसी ९०८१, सुपर ९०० एम, अलराउण्ड, राजकुमार, टि एक्स ३६९, टि सिएस् ९२२०, १० भि १० र नेपालमै उत्पादित रामपुर कम्पोजित लगायताका मकैका जातहरु किसानहरुले लगाउदै आएका छन् । मकैखेती अन्य बाली जस्तो हेरचाह गरिराख्नुनपर्ने भएकाले पनि कृषकहरुको आकर्षक बालीका रुपमा मकै खेती पर्दै गएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । नेपालमा खेती गरिदै आएका बालीहरु मध्ये दोस्रो प्रमुख बालीको रुपम मकै बालि पर्ने गरेको हो । जिल्लाको उत्तरी र दक्षिणी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन, भोक्राहा, सिङ्गिया, नर्सिङ, बबिया, गौतमपुर, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज, सिनुवारी, साहेबगञ्ज लगायता स्थानहरमा किसानहरल व्यावसायिक रुपमै मकै खेती गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार जिल्लामा यस वर्ष १५ हजार हेक्टर क्षेत्रफलभन्दा बढीमा मकै खेती लगाइएको छ । सुनसरीमा मकै बालीलाई आवश्यक पर्ने हावा, पानि र माटो सुहाउदो भएकैले मकै बाली फस्टाउदै गएको छ । २०६३ सालदेखि सुनसरी जील्लामा मकै, भट्मास उत्पादन कार्यक्रमअन्तर्गत बृहत्तर क्षेत्रमा व्यावसायिक रुपमा मकैबाली उत्पादन कार्यक्रम सुरु गरिएको थियो । गोरखापत्र

ताजा समाचार

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...

‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो...

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ ।...

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी...