आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

Published on

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ ।

यातायात कार्यालय इलामबाट चालक अनुमति पत्र लिनका लागि लिइएको परीक्षा उत्तीर्ण भए पनि चालक अनुमतिको प्रमाण– पत्र (लाइसेन्स) नआउँदा कार्यालयले दिएको रसिदकै भरमा सवारी चलाउनु पर्ने बाध्यता बनेको छ । इलाम कार्यालय मार्फत ८ हजार १६७ जना व्यक्तिहरूले नयाँ पाउनु पर्ने र नवीकरण भएर आउनु पर्ने लाइसेन्स पर्खिरहेका छन् । सन् २०२३ फेब्रुअरी ५ देखि पछाडि कसैको पनि सवारी चालक अनुमति पत्र नआएको जनाइएको छ । कार्यालयले सवारी चालकका लागि अनुमति प्रमाणपत्र दिन अहिले पनि लिखित र अभ्यासको परीक्षा भने गराइ रहेको छ । कार्यालयले आइतबार देखि बुधवार सम्म लिखित परीक्षा गराउने गरेको छ । बिहीबार भने सवारी कुदाउने अभ्यास परीक्षा गर्ने गरेको कार्यालयका सूचना अधिकारी सुवर्ण खड्काले बताउनु भयो । खड्काका अनुसार दैनिक जसो १० देखि १५ जना परीक्षामा सहभागी हुने गरेको छ ।

इलाम कार्यालयबाट मोटर साइकल, स्कुटर, ट्याम्पो, ट्याक्टर, हल्का सवारी, एक्स्काभेटर र डोजर चालकका लागि चालक अनुमति पत्रको परीक्षा सञ्चालन हुने गरेको छ । इलाम, पाँचथर, ताप्लेजुङ कार्यक्षेत्र रहेको कार्यालयमा ती बाहेकका जिल्ला र प्रदेशका सवारी नवीकरण समेत हुने गरेको जनाइएको छ ।

यातायात कार्यालयले उठायो दश करोड राजश्व

इलामस्थित यातायात कार्यालयले गएको आर्थिक वर्षमा दश करोड बढी राजश्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्ष ०८०÷०८१ मा दश करोड ९८ लाख ७४ हजार ३७३ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । इलाम कार्यालयमा गएको वर्ष दुई पाङ्ग्रे दश हजार २७ , तीन पाङ्ग्रे ४७ , चार पाङ्ग्रे ४७ र अन्य गरी चार हजार १९५ सवारी दर्ता भएका छन् । यसबाहेक पटके कर, ब्लु बुक, लाइसेन्स, जाँच पास, रुटपर्मिटलगातयका शिर्षकबाट सो राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुवर्ण खड्काले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...