‘माल’ थर परिवर्तनका लागि निवेदन

Published on

‘काठमाडौं । माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । माल थरकै कारण महिलारपुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उहाँहरूको भनाइ छ ।

डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताउनुभयो । विद्यालयरक्याम्पस पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ । साथीभाइले सहर बजारमा बसेर पढ्ने महिलालाई यो थरबाट बोलाउँदा हेपेको र जिस्क्याएको जस्तो लाग्न थालेपछि थर नै परिवर्तन गर्नु परेको उहाँको भनाइ छ । कतिपयले थरलाई लिएर जिस्क्याउने गरेको पाइएको छ । नेपाली शब्दकोशमा ‘माल’ को अर्थ घरको ढोका अड्याउने कोठाको चौकोस, अन्न थन्क्याउन पात गाँसेर पोका बनाउन मिल्ने माल तथा मालेको लहरा उल्लेख छ । त्यस्तै गाईगोरु तथा छेपारो घाँटीमा झुन्डिने छाला गलकम्बललाई माल भनेर उल्लेख गरिएको पाइन्छ । लागुऔषध दुव्र्यसनी जस्ता कुलतमा फसेकाले ‘गाँजारचरेस’ लाई पनि साङ्केतिक भाषामा ‘माल’ भन्ने गरेको पाइएको सामाजिक अगुवा आँसु मालले बताउनुभयो । लैङ्गिक हिसाबले महिलालाई पनि यो शब्दले असहज महसुस हुने गरेको छ ।

उहाँले भन्नुभयो, “हाम्रा पूर्वज मलास (मालरमधेश) बाट आएकाले ‘माल’ भन्ने गरिएको पाइयो । त्यो बेलाका पूर्वज साक्षर थिएनन् । सरकारी अभिलेखमा पनि सोही शब्द राखिएपछि नागरिकतामा माल उल्लेख हुँदै आयो । अहिले सचेतना बढेपछि अल्पसङ्ख्यक समुदायलाई असहज महसुस भएको छ ।” प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थर परिवर्तनका लागि दुई सय जनाको निवेदन आएको जानकारी दिँदै माल थर परिवर्तन गरी कार्की लेखाउन माग गरिएको बताउनुभयो । उहाँहरूले आफ्ना पूर्वज यसअघि कार्की (क्षेत्री) रहेकाले सो थर लेख्न पाऊँ भन्ने आशय छ । “दलित जातिका अपमानजनक थर परिवर्तनका लागि गृह मन्त्रालयले परिपत्र जारी गरेको भए पनि गैरदलितका थरका विषयमा परिपत्र आएको छैन,” उहाँले थप्नुभयो, “प्राप्त निवेदनबारे विभागलाई जानकारी गराएर अभिलेखमा राखेका छौँ ।”

गैरदलितलाई पनि थरको समस्या

दलित जातिभित्र अपमानजनक थरको समस्याका बारेमा बेलाबखत चर्चा हुने गरेको छ । यद्यपि थरको समस्या गैरदलितभित्र पनि रहेको संविधान सभा सदस्य पुरनसिंह दयालले बताउनुभयो । संविधान सभामा अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको सदस्यका रूपमा काम गरिसकेका दयालले दलित, गैरदलित सबै जातिभित्र रहेका अपमानजनक थर परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारी अभिलेखमै भएका यस्ता अपमानजनक थर परिवर्तनका लागि राज्य आफैँले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जातीय र लैङ्गिक हिसाबले नेपाली नागरिकतामै पुरुष कामी भए महिलाको नागरिकताको थरमा कमिनी, गुरुङको ठाउँमा गुरुङसेनी, ढोली–ढोलेनी आदि अपमानजनक शब्द सच्याइनु पर्छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...