अनुदान कटौती भएकोमा स्थानीय सरकार असन्तुष्ट

Published on

काठमाडौं । स्थानीय तहले सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०\८१ का लागि पाउनुपर्ने वित्तीय समानीकरण अनुदानको चौथो किस्ताको रकम कटौती गरेपछि स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्नुपर्ने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत रकम नपठाएपछि स्थानीय तहका जनप्रतिनिधिले आइतबार अर्थ मन्त्रालयको मूल गेटमा पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि पनि स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम कटौती नगर्न पटक पटक आग्रह गरे पनि सरकारले बेवास्ता गर्दै आएको थियो । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसहितका स्थानीय तहका जनप्रतिनिधिले अर्थ मन्त्रालयमा धर्ना दिँदै वित्तीय समानीकरण अनुदान कटौती गरिए जनप्रतिनिधि सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी सरकारलाई दिएका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ता कटौती भए ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो । सरकारकाले स्थानीय तहलाई चालु आवको समानीकरण अनुदानको चौथो किस्ताको २५ प्रतिशत रकम कटौती भएकाले स्थानीय तहको विकास निर्माणको लागतमा खर्च भएको रकमको उपभोक्ता समिति र ठेकेदारलाई भुक्तानी दिन रोकिएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहमा समानीकरण अनुदान शीर्षकका अधिकांश योजनाको ठेकेदार र उपभोक्ता समितिले काम सम्पन्न गरिसकेका छन् तर भुक्तानी नहुँदा उपभोक्ता समितिले पालिकामा धर्ना दिने गरेका छन् । उहाँका अनुसार सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको बजेट स्थानीय तहलाई दिने आश्वासन दिएको थियो तर आवको अन्तिममा पालिकाको खाता रित्तो भएको छ । अहिले स्थानीय तहमा भुक्तानी माग गर्ने उपभोक्ताको लर्को लाग्ने गरेको ढुङ्गानाको भनाइ छ । गौर नगरपालिकाका प्रमुख शम्भु साहले कानुन अनुसार स्थानीय तहले पाउनुपर्ने समानीकरण अनुदानको रकम प्रदान गर्न सङ्घीय सरकारलाई आग्रह गर्न सिंहदरबार आएको बताउनुभयो । यसअघि प्रधानमन्त्रीले समानीकरण अनुदान शीर्षकको रकम नकाटिने भने पनि अहिले सरकारले रकम कटौती गर्दा स्थानीय तहलाई नियमित काम गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...