नेपाली सेनाको सफा हिमाल अभियान-२०२४ सम्पन्‍न

Published on

काठमाडाैं – नेपाली सेनाको अगुवाइमा मिति २०८० चैत्र २९ गतेबाट सुरु भएको सफा हिमाल अभियान, २०२४ आज मिति २०८१ ज्येष्ठ २३ गते समापन भएको छ ।

यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालहरूबाट १० हजार के.जी. फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य सहित सञ्चालित अभियानमा ११ हजार के.जी. फोहोर र ४ वटा मानव शव तथा एक मानव अस्थिपञ्जर सङ्कलन गरिएको थियो । सङ्कलित फोहोरहरू मध्ये २,२२६ के.जी. कुहिने (Bio-degradable) फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) र ८,७७४ के.जी. नकुहिने फोहोर (Non Bio-degradable) फोहोर व्यवस्थापन कम्पनी (Avni Ventures Pvt Ltd) लाई हस्तान्तरण गरिएको थियो ।

जंगी अड्डामा आज आयोजित Flag In Ceremony कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रधान सेनापति महारथी प्रभुराम शर्माले विश्व वातावरण दिवसको दिनमा सफा हिमाल अभियानको समापन गर्ने अवसर पाउँदा ज्यादै हर्षित भएको बताउनु भयो ।

सम्बोधनकै क्रममा प्रधान सेनापतिले प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको अगुवाइमा नेपाल सरकारका विभिन्न मन्त्रालय, स्थानीय निकायलगायत सरोकारवाला संघसंस्थाले गरेको सामूहिक प्रयास संसारकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा हिमाल सफाइ अभियान भन्दा पनि हिमालहरूमा फोहोर नै हुन नदिनका लागि हाल विद्यमान नीति नियमहरूको कडाइका साथ पालना हुनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले नेपाली सेनाले मात्र यस प्रकारको अभियानलाई पूर्णता दिन नसक्ने हुँदा केन्द्रदेखि जनस्तरसम्म चेतना अभिवृद्धि गर्न सरोकारवाला निकायका साथै सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।

कार्यक्रममा सफा हिमाल अभियानका Campaign Leader सेनानी आदित्य कार्कीले प्रधान सेनापति समक्ष अभियान झण्डा हस्तान्तरण गरेका थिए । सोही क्रममा प्रधान सेनापतिले सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सकलदर्जा तथा सहयोगी भूमिका निभाउनु भएका शेर्पा सहयोगीहरूलाई प्रधान सेनापति प्रशंसा निशान, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रा.लि., खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायत सम्बद्ध निकायका प्रतिनिधिहरूलाई कदर पत्र प्रदान गर्नुभयो । त्यसै गरी पर्यटन विभागका महानिर्देशक सह सचिव श्री रुद्र प्रसाद पण्डितले Campaign Leader लाई सगरमाथा आरोही ब्याच प्रदान गर्नु भएको थियो ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको सहकार्यमा सन् २०१९ देखि सुरु गरेको सफा हिमाल अभियानको यो पाँचौँ संस्करण हो । हालसम्म सफा हिमाल अभियान अन्तरगत १,१९,०५६ के.जी. फोहोर र १४ वटा मानव शव तथा केही अस्थिपञ्जर सङ्कलन गरिएको छ ।

समारोहमा राष्ट्रिय सभाका माननीय सांसद श्री सोनाम ग्याल्जेन शेर्पा, विभिन्न मन्त्रालयका सचिवहरू, रथीवृन्द, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूस्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, पर्वतारोहण र विविध क्षेत्रका व्यक्तित्वहरू, सफा हिमाल अभियान २०२४ का सहयोगी संघसंस्थाहरुका पदाधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...