चेपाङ बस्तीमा खाद्यान्न अभाव

Published on

काठमाडौं । पश्चिमी मकवानपुरसँगै चितवन र धादिङ जिल्लाका चेपाङ बाहुल्य बस्तीमा खाद्यान्न अभाव भएको छ ।

खाद्यान्न अभावमा जङ्गली आँपको अचार र निहुरोको भरमा केही सातादेखि दैनिकी चलाउन बाध्य भएका छन् । गत वर्ष खोरियामा डढेलोसँगै सुक्खाका कारण मकै उत्पादनमा कमी हुँदा यो वर्ष विपन्न चेपाङ, तामाङ र दलित समुदायमा खाद्यान्न अभाव देखिएको हो । नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले मकवानपुर, धादिङ र चितवनको चेपाङ बाहुल्य बस्तीका बासिन्दाले यो वर्ष लामो समयदेखि खाद्यान्न अभावको समस्या झेल्दै आएको जानकारी दिनुभयो । घरमा खाद्यान्न अभाव र खाद्यान्न खरिद गर्ने स्रोत नहुँदा कयौँले अहिले जङ्गली आँपको थिचेको अचार, निहुरो त कतिपयले खोलेको भर पर्नुपर्ने अवस्था चेपाङ बाहुल्य बस्तीमा देखिएको छ ।

खाद्यान्न अभावको समस्या अहिले व्यापक रहेको सुनाउँदै संविधान सभा सदस्यसमेत रहनुभएका चेपाङले भन्नुभयो, “अहिले मकवानपुरको राक्सिराङ र कैलाश, चितवनको राप्ती नगरपालिकाको वडा नं. ११, १२ र १३, कालिका नगरपालिकाको वडा नं. ११ र १२, इच्छाकामना गाउँपालिकाको वडा नं. ७, ८ र ९ तथा धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ६, ७ र ८ मा खाद्यान्न अभावको समस्या व्यापक छ,” उहाँले भन्नुभयो, “समयमा खाद्यान्न अभाव भएका क्षेत्रका बासिन्दाको समस्या समाधान नभएमा भोकमरीको चेपेटामा पर्ने जोखिम बढ्दो छ ।” खाद्यान्न अभाव भएपछि आइतबार नेपाल शुष्म पुष्प समाज नारायणगढको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं। ६ का चेपाङ, तामाङ र दलित गरी १५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । ३० केजीको जनही एक बोरा चामल र दुई केजी दाल १५० घरपरिवारलाई वडाध्यक्ष अक्कलबहादुर मोक्तान, राक्सिराङ गाउँ कार्यपालिका सदस्य सिङ्गलाल चेपाङ, सिलेङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णलाल तामाङलगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।

चेपाङ सङ्घ अध्यक्ष गोविन्दरामले आफू गाउँमा पुग्दा खाद्यान्न अभावमा विपन्न समुदायमा दर्दनाक अवस्था भेटेको बताउँदै गाउँ पुग्दा कतिले चार÷पाँच दिनदेखि आँप थिचेर, कतिले निहुरोको भरमा छाक टारेको त कतिपयले १२–१३ छाक खोले मात्र खाएको सुनाएको बताउनुभयो । राक्सिराङ गाउँपालिकाको वडा नं. ७ को काम्लेमा खाद्यान्नको चरम अभाव भए पनि आइतबार लिएर गएको खाद्यान्न अपुग भएपछि वितरण गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले चेपाङ सङ्घको शनिबार भएको बैठकमा समेत चेपाङ बस्तीमा भएको खाद्यान्न अभावका बारेमा समीक्षा भएको बताउँदै स्थानीय तहले नहेर्दा र खाद्यान्न अभाव हुने स्थानलाई लक्षित गरी विशेष कार्यव्रmम नबनाउँदा अहिलेको समस्या आएको बताउनुभयो । अर्मपर्म गर्ने, वैदेशिक रोजगारीमा परिवार गएका, सामाजिक सुरक्षा भत्ता पाउने परिवारलाई केही राहत भए पनि दैनिक ज्यालादारी गर्ने र खोरियाको भरमा दैनिकी चलाउनेलाई अहिले समस्या परेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार चेपाङ समुदायको अधिकांश आफूले उत्पादन गरेको खाद्यान्नले तीन महिना, छ महिना र नौ महिना मात्र खान पुग्द छ ।

सामाजिक सुरक्षा भत्ता लिँदै आउनुभएका स्थानीय लालबहादुर चेपाङले भत्ताका कारण आफूलाई चामल किन्न केही सहज भएको बताउनुभयो । गत वर्ष खोरिया डढेलोले क्षति पुयायो तर पालिकासँग के कति क्षति भयो भन्ने तथ्याङ्क पनि छैन, गाउँपालिका बाटो बनाउने नाममा डोजर लगाउन र पाइप वितरणमै सीमित भएका छन्, परम्परागत वा आधुनिक कृषिबाट उत्पादन वृद्धि गर्ने हो त्यतातिर ध्यान नै नगएको भन्दै संविधान सभा सदस्य गोविन्दरामले पालिकाले कृषिमा ध्यान नदिएको गुनासो गर्नुभयो । “केही समयपछि चिउरी पाक्दै छ यसले केही समस्या हल होला कि रु,” उहाँले भन्नुभयो, “यो वर्ष मकै केही राम्रो भएकाले यो वर्ष जस्तो अर्को वर्ष भोकमरीको समस्या नहोला । खाद्यान्न अभाव भएपछि यसअघि पनि राक्सिराङ गाउँपालिका वडा नं. ७ को डामराङमा ८० घरधुरी र वडा नं. ८ को माईसिराङ, देवीटार, लाइसिरा र जिर्खेडाँडाका ७० घरधुरी चेपाङ परिवारलाई १५० बोरा चामल, तीन सय केजी दाल र तीन सय लिटर तेल नेपाल बौद्ध विहारमार्फत वितरण गरिएको थियो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...