सरकारको निर्णय कुर्दै एयर अस्त्र

Published on

काठमाडौं । बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ । पोखरामा सिधा उडानको तयारी अनुसार अस्त्रले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले अस्त्रले सातामा चार दिन उडानका लागि कर छुटसहित इच्छा देखाएको हो ।

उहाँले भन्नुभयो, “अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । त्यस्तै उडानका क्रममा नेपाली रुपियाँ र बङ्गलादेशी टाँकाको सटहीमा समेत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाले उक्त मागबारे अर्थ मन्त्रालय र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भइरहेको छ ।”

हाल बङ्गलादेशसँग काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्न सक्ने सम्झौता छ ।

२०७९ पुस १७ गते उद्‍घाटन भएर सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालको हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान गरेर आठ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । उक्त उडानबाट २९६ यात्रुले यात्रा गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...