हामी जतिसक्दो महाकाली पुल छिटो सम्पन्न गर्ने पक्षमा छौँ

Published on

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्णाधिन चारलेनको पक्की पुल निमार्णको अन्तिम चरणमा पुगेको छ । २०७४ सालमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गरेको पुल विभिन्न समयमा विविध कारणले समयमै सम्पन्न हुन नसकेको अवस्था थियो । तर पछिल्लो समय भने महाकाली पुल योजना कार्यालयले पुल निमार्णमा देखिएका समस्या सामाधान र पुुललाई सम्पन्न गर्नको लागि निकै प्रयत्न देखिएको पाइन्छ । योजना कार्यालयका अनुसार पुल निमार्णमा अहिले भने कुनै समस्या छैन । पछिल्लो समय पुल निमार्णमा गति दिएको कार्यालयले पुल निमार्णलाई छिटो भन्दा छिटो सम्पन्न गर्न के गरिरहेको छ, यी यस्ता विभिन्न कुराहरुलाई लिएर एएनएन नेपालले महाकाली पुल योजना कार्यालयका कार्यालय प्रमुख राम बहादुर गुरुङ सँग गरेको संक्षिप्त कुराकानीको सार ः–
महाकाली पुल योजनाको निमार्णको प्रगती कस्तो छ ?
नमस्कार म योजना प्रमुख महाकाली पुल योजना राम बहादुर गुरुङ । चालु आवमा चाहीँ महाकाली पुल योजनाको लागि न्युन बजेट विनियोजन भएको थियो । जसले गर्दा निर्माण कार्य एकदम प्रभावित भएको अवस्था थियो । गत वर्षको दायित्व समेतले भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायिले झण्डै ३/४ महिना जति चाहीँ काम रोकेको र सस्पेन्सन गरेको अवस्था थियो । अहिले लगभग उहाँहरुले निमार्ण कार्य सुरु गर्नु भएको चैत्र महिना देखि नै हो । निमार्ण पक्षले चैत्र महिनाको सुरु देखि काम गर्नु भएको छ । हामीलाइ १८/२० करोड रुपैँया बजेट थप भएको छ ।


समग्र रुपमा महाकाली पुल कस्तो खालको योजना हो ?
सबै भन्दा महत्वपुर्ण के छ भने यसको आयोजनाको मुख्य काम चाहीँ सुख्खा बन्दरगाहको लागि प्रमुख प्रवेश मार्ग हुनेछ । दोधराचाँदनी नगरपालिकाको लागि त मुख्य नाका पनि खुला भएको अवस्था थिएन । अब त्यसका लागि त पहुँच पनि भयो, सँगै महाकाली नदी पारिको बस्तिलाई राजमार्ग सँग पुलले जोडेको छ । यो सँगै तपाईको महाकाली करिडोरको पनि जिरो पोइन्ट दोधराचाँदनी नै हुने भएकोले महाकाली चारलेन पुल योजनाको महत्व एकदमै निकै रहेको छ । यो सँग रण्नितिक हिसाबले समेत यो योजना निकै महत्वपूर्ण हुने भयो । किनभने यस योजनाले एक अर्काे देशको सिमानालाई समेत जोड्ने कार्य गरेको छ । अब अहिले शारदा ब्यारेजको लाइफ पनि सकिएको अवस्थामा ठूला सवारी साधनहरु पुलमा चल्न दिने अवस्था छैन । त्यस कारणले पनि महाकाली पुल एकदमै महत्वपूर्ण तवरको रुपमा हेरिएको छ । यो सँगसँगै बन्दरगाह निमार्ण सम्पन्न भएपश्चात व्यापारिक हिसाबले पनि र अर्काे पर्यटनका हिसाबले पनि पुलले निकै फाइदाजनक हुने अवस्था देखिन्छ । यस्तै पुल बनिसकेपछि पुलको दुवै किनार तर्फ ठूलाठूला चारओटा ताल निमार्ण गर्ने कार्य पनि चलिरहेको छ । जसले यस ठाउँमा सजिलै आत्रिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्नको लागि प्रेरित गर्नेछ । पुलको एक भागमा ७५ देखि ७६ हेक्टर क्षेत्रफलमा ताह निमार्ण हुनेछन् भने पुलको अर्काे तर्फ १५ देखि १६ हेक्टर क्षेत्रफलमा तालहरु निमार्ण हुनेछन् । जसले गर्दा निश्चत रुपमा पर्यापर्यटनलाई प्रर्वद्धन गर्न निकै टेवा पुग्ने सम्भावना पनि निकै रहेको छ ।
योजनालाई बाँध निमार्णमा ढुङ्गा व्यवस्थापनका कुरामा समस्या थियो । अहिले पुन ढुङ्गाको ठाउँमा अरु नै प्रयोग गरिएको भन्ने छ नि ?
पहिला कुरा त अब तपाईको ढुङ्गा उपलब्ध भएको भए योजना पनि लगानी पनि एकदमै प्राकृतिक नै हुन्थ्यो नि । देश मै भएको श्रोत साधन परिचालन गरेर लगानी भएको भए समग्र रुपमा राज्यलार्ई नै फाइदा हुन्थ्यो । अनि यो प्रयास गरेको पनि देखियो । म यस कार्यालयमा कार्यालय प्रमुख भएर आउनु भन्दा अगाडि म आएर पनि हेरे । हाम्रो टिमले स्थलगत अध्ययन गर्यो परार्मशदाताहरु बाट समेत प्रतिवेदनहरु आए, र चाहीँ अब स्थानिय निकायहरु सँग पनि छलफल गरियो । तर चुरे क्षेत्रबाट सम्भव पनि भएर । हामीले अठाउने भावर क्षेत्रबाट भन्ने थियो । त्यसमा केही हामीले संकलन गरेको अवस्था पनि थियो । तर स्थानिय नागरिकको व्यापक विरोध आइसकेपछि हामीले संकलन गरेको जती ढुङ्गालाई पनि कसरी प्रयोग गर्ने भनेर लागेको स्थिती छ । अब अहिले जुन पुल योजनाको स्थिती छ त्यसमा ढुङ्गाको कारणले पनि निकै निमार्ण कार्यमा ढिलाई भएको अवस्था हो । स्थानिय बासिन्दा सँगै स्थानिय निकायहरुले पनि त्यति सहयोग गरेको देखिएन । जसले गर्दा आयोजना निकै पछाडि धकेलिन पुग्यो । त्यसले गर्दा खेरि अहिले नदी मै उपलब्ध हुने निर्माण सामग्री भनेको यहाँको स्थानिय श्रोतसाधन ढुङ्गा गिट्टी बालुवा लगायतको कम्पेजिट टाइपका स्टकचरहरु बनाएका छौँ त्यसको प्रोडक्सनको लागि । तर पनि अहिले चाहीँ सम्भव भएजति स्थानिय श्रोत सामग्रीहरु नै प्रयोग गरेर ढुङ्गाको विकल्पको रुपमा कसरी प्रयोग गर्न सकिन्छ त्यो हेरेर लगानी पनि सस्तो हुने हिसाबमा चाहीँ त्यसको डिजाइन भएको छ र त्यहि अनुसार कार्य भइरहेको अवस्था छ ।


निमार्ण कम्पनीले भुक्तानी नपाउँदा बिचमा केही समय पुल निमार्णको कार्य रोकिएको अवस्था थियो नि । अहिले निमार्ण कम्पनीले भुक्तानी पाएको हो ?
अब यसको चालुआवमा यो वास्तममा चाहीँ नेपाल सरकार भनौन हाम्रो मन्त्रालय विभागले त्यसको बजेट विनियोजन त स्याडुल मै गरेको थियो । अब ढुङ्गाको कारणले गर्दा खेरि हाम्रो निमार्ण कार्य निकै प्रभावित हुन पुग्यो जसले गर्दा हामी निकै पछाडि पर्याै । गत वर्ष चाहीँ हाम्रो त्यती धेरै बजेट फ्रिज भयो । जुन वर्ष हाम्रो काम सम्पन्न हुनुपर्ने अवस्था थियो बजेट विनियोजन नभएकै भन्ने कुरा भने होइन । तर निमार्ण कार्य प्रभावित भएर पुल निमार्ण २÷३ वर्ष पछाडि भइसकेपछि समस्या सृजना भयो । बिचमा आर्थिक मन्दी लगायतका कुराहरु पनि आए जसले गर्दा राज्य पनि त्यहीा अवस्थमा पुग्यो । यसले गर्दा बजेट कम विनियोजन भएको हो र सोहि हिसाबले चाहीँ हामीले अहिले गत वर्षको उहाँहरुको भुक्तानि गरिसकेका छाँै ।
अब चालुआवमा पनि गरिसकेका कामहरुको भुक्तानी गरिसकेका छौँ र जुन चाहीँ अब विधिगत रुपमा भेरिएसन र प्रकिया नपुगेका जुन कार्यहरु छन् । उहाँले त्यो भन्दा अगाडि काम गर्न नदीमै कुरेर बसिराख्नु पर्ने झनजट हुने हुँदा उहाँले केहि कार्यहरु डिजाईन अनुसार चाहीँ गरिसक्नु भएको छ । तर त्यो प्रकियाहरु भेरिएसन स्वकृति भइसकेपछि मात्र भुक्तानी गर्न मिल्ने भएकाले मात्र त्यो कार्यहरु बाँकि रहेको अवस्था हो । र अहिले पनि हामी सँग उहाँले जति कार्य गर्नु हुन्छ अहिले तत्कालको अवस्थामा हामीले भुक्तानी गर्नसक्ने अवस्था रहेको छ । सोहि अनुसार हाम्रो टोटल चालुआवको चाहीँ विनियोजन बजेटको १००% खर्च भइसकेको छ । ओभरल जति भेरिएसन स्टेस ३ सम्मको चाहीँ हाम्रो लगभग लगभक ९० .१५ % भुक्तानि भइसकेको छ र त्यही अनुसारको वित्तिय प्रगति छ भने भौतिक प्रगति ९५/९६% भएको अवस्था छ अहिले ।
पुल निमार्ण कार्य पूर्ण रुपमा सम्पन्न भने कहिले हुन्छ ?
त्यहि त यो अब हामीलाइ अलिकति आर्थिक मन्दी पनि हो । अब निर्माणको व्यवसायीलाई गत वर्ष भुक्तानी गर्न नसक्दा । समय मै भुक्तानि गर्न नसकेको अवस्थाले गर्दा खेरि समस्या भएको हो । नत्र भने हाम्रो टारगेट चाहीँ गएको चैत्रको २२ गते सम्म हाम्रो चाहीँ सम्पन्न गरेर उहाँहरुले हामीहरुलाइ हस्तारण गर्ने भन्ने थियो । त्यसपछि हाम्रो मर्मत सम्भारको समयावधि सुरु हुन्छ । मर्मत कार्य एक वर्षको लागि । अब अहिलेको प्रावधान अनुसार लगभग हामीले सम्झौताको रकममा १० प्रतिशत मार्फत मर्मत सम्भारको समयावधि गर्न प्रावधन त छ । जुन चाहीँ मुख्य कार्यहरु पुरा भएको अवस्थामा । तर अब अहिले उहाँले त्यो भन्दा पनि बढि नै कार्य गरिसक्नु भएको छ । हामीले चाहीँ त्यस्तै ४/५% चाहीँ अब मर्मत सम्भारको समयावधिमा गछौ होला । वृक्षारोपणका कार्यहरु केहि छुटेका कार्यहरु केहि अन्य कार्यहरु । त्यस्ता छुटपुट कार्यहरु बाहेक हाम्रो चाहीँ लगभग लगभग असार अन्तिम सम्म हामीले ९५% वित्तिय प्रगति हुने हिसाबले ९५/९६% हामी सम्पन्न गछौ । अब असार साउन सम्ममा उहाँहरुले हामीले कार्य स्वीकार गर्न सक्ने अवस्थामा उहाँहरु पुग्नुहुन्छ होला र कार्य स्वीकार भयो भने हामी पुल उद्धघाटन पनि हुन्छ साउन भदैमा । यसको लागि चाहीँ हामीलाइ अब उहाँले थप गरेको कार्यहरुको भुक्तानि गर्नु पर्न हुन्छ जुन चाहीँ त्यो अब थप बजेट विनियोजन भएको अवस्थामा सजिलो पनि हुन्छ ।

ताजा समाचार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको...

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

काठमाडौं । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर...

धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौं । जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा किरा देखा परेको छ ।...

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा...