दोधराचाँदनी नगरपालिकामा अब राजस्व अनलाइन बाटै भुक्तानी हुने

Published on

महेन्द्रनगर । आर्थिक वर्ष २०८१/०८२ देखि दोधारा चाँदनी नगरपालिकामा लाग्ने सम्पूर्ण राजस्व अब सर्वसाधारण ले अनलाइन माध्यम बाट घरदेखि नै भुक्तानी गर्न सकिने भएको छ । अनलाइन राजस्व भुक्तानीमा सफल रहने उदेश्य अनुरप दोधारा चादनी नगरपालिकाले लक्ष हासिल गरेको खण्डमा नगरपालिका देश भरीमै सातौं र सुदूरपश्चिमको पहिलो पालिका हुने छ । प्रविधिको युग सँगै प्रविधिमुलक नगरपालिका बनाउने र अनलाइन बाटै नगरपालिकाको काम गर्ने उदेश्य पुरा हुने नगरपालिकाले विस्वास लिएको मेयर किशोर लिम्बुले बताए । यसैगरि दोधारा चाँदनीको राजश्व प्रसाशन लाई थप प्रविधी मैत्री बनाइँदै लगिने राजस्व परामर्स समितिका संयोजक एवं नगर उपप्रमुख गंगा देवी जोशीले बताइन् ।
अनलाइन राजस्व भुक्तानी कसरी गर्ने भन्ने कुरा र नेपाल भरी जुनसुकै पालिकामा कर तिर्नु परे एउटै आइडी बाट सम्पूर्ण कर तिर्न सकिने नगरपालिकाले एक कार्यक्रमका बिच भिडियो प्रस्तुत गरेको थिए । दोधारा चाँदनी नगरपालिका लगातार ४ वर्ष बजेट समय मै सुत्रप्रणालीमा समावेश गर्ने देश भरिको पहिलो नगरपालिका बनेको उनलेको विस्वास थियो। उक्त कार्यक्रममा नगरपालिका प्रमुख किशोर कुमार लिम्बू, नगर उप प्रमुख गंगा देबि जोशी, वडा न २ का अध्यक्ष पदम रावल , वडा न ३ का अध्यक्ष हरि सिङ धनाडी र दश ओटै वडाका वडा सचीव लगायत बजार व्यवसायीहहरुको उपस्थिती रहेको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...