७० प्रतिशत अनुदानमा छ सय विद्युतीय चुलो वितरण

Published on

काठमाडौं । कालीगण्डकी गाउँपालिकामा छ सय विद्युतीय चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा छ सय विद्युतीय चुलो वितरण गरेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

पालिका भित्रका नागरिकहरूलाई एलपी (खाना पकाउने)ग्यास भन्दा विद्युतीय चुलो सस्तो पर्ने भएकाले ३० प्रतिशत उपभोक्ताको लगानीमा चुलो वितरण गरिएको हो । पालिका भित्रका सात वटै वडा मार्फत चुलो वितरण गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । चुलो लिँदा उपभोक्ताले ३० प्रतिशत अर्थात् एक हजार १०८ रुपियाँ भुक्तान गर्नुपर्ने हुन्छ । चुलो लिनका लागि इच्छुकले नागरिकताको प्रतिलिपीसहित स्वंयम उपस्थित हुनुपर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर एकका सामाजिक परिचालक मनिका बस्यालले बताउनुभयो । उहाँका अनुसार वडाबाट चुलो वितरण गर्ने कार्य जारी छ ।

विद्युतीय चुलोको प्रयोगमा खाना पकाउने ग्यास भन्दा सस्तो पर्ने, समयको पनि बचत हुने उपभोक्ता विष्णु पाण्डेले बताउनुभयो । पछिल्लो समयमा विद्युतीय चुलो प्रयोग गर्नका लागि सरकारले लिएको नीति र विद्युतको सहजता भएकाले पनि आफूले विद्युतीय चुलो लिएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...