दैलेखमा कांग्रेसको उम्मेदवार छनोट प्रक्रिया तीव्र, प्रत्यक्ष–समानुपातिक र राष्ट्रियसभा मिलाएर २६ आकांक्षी

Published on

काठमाडौं । नेपाली कांग्रेस दैलेखले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ। साथै, माघ ११ गते तय भएको राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले दुवै चुनावका लागि आकांक्षीहरूको नाम संकलन र सिफारिस कार्यलाई तीव्र बनाएको हो। पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार टुंगो लाग्न नसके सबै आकांक्षीको नाम केन्द्रमा पठाइने दैलेख कांग्रेसका सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो। उहाँले आकांक्षीको संख्या बढी भएकाले असन्तुष्टि नहुने गरी छलफलमार्फत सहमति जुटाउने प्रयास भइरहेको बताउनुभयो।

रेग्मीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १३ जनाले आकांक्षा देखाएका छन्। तीमध्ये खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा छन्। समानुपातिकतर्फ ७ आकांक्षीमध्ये कुलबहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मीनाकुमारी थापा र मोहनमाया प्याकुरेल रहेका छन्। राष्ट्रिय सभातर्फ ६ आकांक्षीको नाम परेको छ। तीमध्ये किशोर केसी, रङ्गबहादुर शाही, खड्कबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञावली र हिक्मतबहादुर विश्वकर्मा छन्। साथै प्रतिनिधिसभा समावेश समानुपातिकतर्फ गणेशबहादुर बोगटीको नाम सिफारिस गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...