ग्लोबल आइएमई बैङ्कको हरित आवास कर्जा

Published on

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी अनुसार बैङ्कले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्ने छ । बैङ्कले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरणमैत्री आवासीय घर खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने जनाएको छ ।

यसका साथसाथै ग्लोबल आइएमई बैङ्क भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निर्माण गर्ने परियोजनाको बैङ्किङ पार्टनरका रूपमा समेत रहने छ । उक्त समझदारीपत्रमा बैङ्कका तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक बेङ्कटेस मुन्दराले हस्ताक्षर गर्नुभएको छ । बैङ्कले १२ करोड रुपियाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाइएको छ । इको फ्रेन्ड्ली घर, भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिने बैङ्कले जनाएको छ । यसका साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको फ्रेन्ड्ली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने बैङ्कले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको...