कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने एक बालक बेपत्ता

Published on

काठमाडौं । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता हुनुभएको छ । सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले कोशीको सप्तरी खण्डको पुलमा घटना भएको जानकारी दिनुहुँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...