प्रदेश सरकारको काम गर्ने शैली नमिलेका कारण नागरिकमा निरासा छायो

Published on

सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री हुन् ओम विक्रम भाट(सरल) । नेकपा माओवादीको तर्फबाट सरकारमा सहभागी भएका उनी युवा उमेर समुहका मन्त्री हुन् । प्रदेश सरकारमा सामाजिक मन्त्रालय समालिरहेका उनी नागरिकको लागि केही नयाँ गरौ भन्ने हुटहुटी सहित काम गर्ने पक्षमा छन् । प्रदेश सरकार प्रती आम नागरिकको निरासालाई चिर्ने उनको घोषणा पनि छ । तथापी प्रदेश सरकारको काम कारवाही र सामाजिक विकास मन्त्रालयको विभिन्न गतिविधिलाई समेट्ने प्रयास स्वरुप एएनएन नेपालले सामाजिक विकास मन्त्री ओम विक्रम भाट(सरल) सँग गरेको कुराकानीको सार…..
शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार र भाषा सस्कृति जस्तो महत्वपूर्ण मन्त्रालय समग्रमा के गर्दै छ ?
अहिले हामी भर्खरै सरकारमा सहभागि भएर यो बर्षको बजेट संसदमा पनि पेस भएको छ । यो बर्ष शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रमा हामीले केहिँ नयाँ कार्यक्रमहरु अगाडि सारेका छौ । दलितका बिषयमा , महिलाका बिषयमा , शैक्षिक सुधारका बिषयमा , खेलकुदका बिषयमा , स्वास्थ्यका बिषयमा हामीले नयाँ किसिमले अलिकति अहिलेको अब प्रस्थिति जो छ त्यसको मुल्याकन गरेर र अहिलेको आवश्यकतामा सुदुरपश्चिमलाइ चाहिने शिक्षा निति कस्तो हो हेल्थमा कस्तो हो र खेलकुदमा कस्तो हो अनि यो सोसल र्सभिसमा जो छ सोसल सेक्टर जो छ यो सेक्टरमा चाहीँ कसरी काम गर्न सकिन्छ भनेर अहिले हामी अध्यनको क्रममा छौ र अबको केहिँ समय भित्र हामी एक किसिमको योजना गरेर अगामी बर्षको जो यो निति कार्यक्रम छ बजेट कार्यक्रम खम्बा छ त्यति बेला चाहीँ यो बर्ष केहिँ नँया कार्यक्रम नविनतम् कार्यक्रमहरु हामी लागु गर्छाै र त्यसको लागि रोड म्याफ बन्दै छ त्यो हामी केहिँ समय पछि सम्पूर्ण रुपमा तयारी भइसकेपछि सार्वजनिक गर्ने छौ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्यमा निकै कम पहुँच भएको प्रदेश भनेर नाम अगाडि आउने गर्दछ । यसमा प्रदेश सरकारले लगानी नगरेको हो कि परिणाम नआएको ?

अब स्वास्थ्यमा लगानि नै नभएको भन्ने चाहीँ होइन । लगानी स्वास्थ्यमा राज्यले आफ्नो ठाउँबाट गरेकै छ तर हामी कहाँ समस्या के हो भने सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको स्पमा मात्र होइन हरेक क्षेत्रमा चाहीँ मानिसहरुले आउन नमान्ने डाक्टरहरु नआउने डाक्टरहरु नपाइने भएर यो बढि समस्या देखिएको छ । पछिल्लो समयमा विगतको भन्दा कतिपय क्षेत्रमा स्वास्थ्य सुधार हुँदै आएको छ तथापी हामी स्वास्थ्यमा राम्रो गर्दै गइरहेका छौ । यस बर्ष पनि सेती महाकाली र टिकापुर प्रादेशिक अस्पताल क्षेत्रलाइ अझ प्रभावकारी बनाउनका निम्ति कार्य योजना अगाडि सारेका छौं । त्यसै गरि पहाडमा डाइलाइशिसको व्यवस्था बिस्तार गर्न गरि कार्यक्रम बनाएका छौ र पहाडका अस्पताललाइ पनि सुविधा सम्पन्न र उनिहरुलाइ पनि बिशेष किसिमको सहितको डाक्टर टिम राखेर अगाडि बढाउने प्रकियामा हामी गएका छांै ।


शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी रहेको छ, तर पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निजी विद्यालयको तुलनामा निकै कम हुँदैछ, तपाई एकदमै युवा उमेरमै मन्त्री हुनुभएको छ, यस क्षेत्रमा सुधारको पक्ष के देख्नुभएको छ ?
अब यो सामुदायिक विद्यायलयमा केहिँ सुधार गर्नु पर्ने छ । यि बिषयमा म तपाईलाइ के राख्न चाहान्छु भने यसका लागि पनि हामीले एउटा कार्यक्रम पनि राखेका छौं जयपृथ्वी बहादुर सिहं शैक्षिक सुधार कार्यक्रम । त्यो भनेको के हो भने हामीले नमुना विद्यालय बनाउने र सामुदायिक विद्यालयहरुमा आकर्षण बढाउने गरि कार्यक्रमहरु सञ्चालन गर्ने । आजका दिनमा कतै शिक्षक दरबन्दि बढि हुने कतै कम भइदिने कतै चाहीँ तपाईको विद्यार्र्थीक्रम भइदिने कतै बढि हुने यो समस्या छ । यसको लागि प्रदेश सरकारले आफ्नो तह बाट र आफ्नो जिम्मेवारी बाट चाहीँ कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा छ । हुन त हाम्रो प्रदेश सरकारको भागमा उच्च शिक्षा आउँछ हाम्रोमा क्याम्पसहरु आउँछ हाम्रो चाहीँ क्याम्सहरुले हेर्न हो । तर पनि विद्यायलयहरु पनि हामीहरु सँग ठोकिन आउने हँुदा त्यो हुनत पालिकाहरुले हेर्नु पर्न हो । तर पनि तिन तहको सरकार भएको अवस्थामा केहीँ न केहीँ जिम्मेदारी हाम्रो पनि हुन्छ । त्यसैले त्यसलाइ कसरी चाहीँ तिनै सरकारहरु सँग समुन्वय गरेर प्रभावकारी बनाउन सकिन्छ भन्नमा छौे हामी ।

सास्कृतिक परम्पराले धनी सुदूरपश्चिम प्रदेशमा विभिन्न किसिमका सस्कृति परम्परा रहेका छन् । यी यस्ता महत्वपूर्ण सास्कृतिक सम्पतीहरुलाई संरक्षण तथा प्रर्वधनमा प्रदेश सरकारले लिएको निति कस्तो छ?
अब यस बर्ष संङघिय सरकारले पनि सुदूरपश्चिमलाइ धार्मिक प्रर्यटनको हकको रुपमा यो प्रदेशलाइ विकास गर्न भनेर जुन घोषण गरेको छ त्यसका लागि म संङघिय सरकारलाइ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु तर पनि हामीले पक्कै पनि तपाइले भनेको जस्तै अरुको प्रदेशको भन्दा बढि सस्कृति हाम्रो देशमा छ किनभने कुनै प्रदेशमा नभएको रानाथारु जति हाम्रो प्रदेशमा छ रानाथारु जतिको आफ्नै सस्कृति छ । आफ्नै इतिहास छ । थारुहरुको आफ्नो सस्कृति छ इतिहास छ । अरु पहाडि भेगमा बस्ने अर्काे हाम्रो आफ्नो मौलिक सस्कृति छ । यसलाइ जर्गेना गरेर अब हामीले यसलाइ धार्मिक पर्यटनको रुपमा संरक्षण र विकास गर्दै यसलाइ प्रबन्ध गर्दै र विदेशीहरुलाई कसरी हाम्रो सस्कृति हाम्रो संस्कार हाम्रो यहाँको पर्यटन तिर आकर्षण गर्ने किसिमले हामीले कार्यक्रमहरु सञ्चालन गर्ने गरी यस वर्ष प्रदेश सरकारले केहिँ न केहिँ कुरा हामी अगाडि बढाउने गरी लगिरहेका छौं र यसमा हामी एउटा देखिने गरी कार्यक्रम तपाइहरुले पनि केहि समय भित्र हामीले अगाडि बढाउँछौ र त्यो त्यति बेला नै तपाईहरुलाइ जानकारी गराउँछौ ।
खेल क्षेत्र मध्ये किक्रटको उर्वर भुमी सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय रुपमा अब्बल बनाउन के गर्नुपर्छ । यसमा तपाई टिप्पणी ?
अब पक्कै पनि नेपालमा क्रिकेटमा मात्र हैन अन्य खेल क्षेत्रको सबै खेलाडिमा सुदुरपश्चिम क्षेत्र अग्र नै भुमिका रहेको छ । खेलाडि जन्माउनेमा भलिबल, फुटबल देखि क्रिकेटमा त अब क्रिकेटले त राज नै गरिरहेको छ सुदुरपश्चिममा भन्दा फरक नहोला किनभने अहिले आधा टिम सुदुरपश्चिम कै हुने गरेको छ । त्यस कारण जति मात्रामा यहाँ चाहीँ खेलक्षेत्रमा लगानि हुनु पर्ने हो त्यो हुन सकेको छैन । यस बर्ष हामीले खेल क्षेत्रलाइ महत्व दिएर सामाजिक विकास मन्त्रालयले खेललाइ प्रमोट गर्न कै निमित्त बजेट उल्लेख्य वृदि गरेको छ ।

पछिल्लो समय प्रदेशहरुमा निकै राजनितिक अस्तिरता देखिएको छ । यसमा दिर्घकालिन सामाधानको पक्ष के हुन सक्छ ?
अब स्वभाविक रुपमा संघियता पुर्ण रुपमा कार्यन्वयन भईनसकेको अवस्थामा र संघियतामा किनभने कानूनहरु बनिरहेका र अझै कतिपय कानूनहरु संघ बाटै हामीले लिनु पर्ने अवस्था भएकोले धेरै कुराहरु मिलिसकेकोे छैन । त्यसको असर बढि नै रहेको छ । अहिलेको यो एउटा हाम्रो अहिलेको यो जुन किसिमको निर्वाचन प्रणालि छ र यो संसधिय संरचना छ त्यो संरचनाले गर्दा पनि प्रदेशहरु अस्थिर बन्न गइरहेका छन र यसलाइ स्थित बनाउने गरी नै हामीले सोच्नु पर्दछ । अब प्रदेश सरकार बलियो नबनाइकन जनतामा हामीले यो प्रदेशमा सशक्त रुपले जनतालाइ विकासको सुरक्षाको समृद्धको प्रत्याभुत दिलाउन सक्दैनौ त्यस कारण जुन यो अहिले देखिरहेको छ केहिँ समय पछि चाहीँ बिस्तारै कम हँुदै जान्छ । हिजोको भन्दा अहिले घट्दै गएको छ किन गइरहेको छ भन्दा हुनत सरकार चेन्ज भएको देखिन्छ होला तर आत्मनिर्भर हुदै गइरहेका छन् प्रदेशहरु र भोलि आफ्ना अधिकारहरु प्रदेशले नै खोज्दै गर्दा खेरी एक अवस्थामा जाँदा खेरी प्रदेशहरु आफै शक्तिशाली हुनेछन् । त्यति बेला चाहीँ हामी केन्द्रले दिने अधिकारहरु दिसकेर आफ्ना कतिपय कार्यहरु पुर्ण बनाइ सके पछि अहिलेको अवस्था रहदैन प्रदेश स्थिर समृद्ध हुन्छन बलियो हुन्छन् ।
आम नागरिकको प्रदेश सरकार प्रति विस्वास घट्दै गएको हा ? यस्तो सुनिन्छ नि ।
अब त्यो एउटा कुरा के छ भन्दा नकिको सरकार हो प्रदेश सरकार भनेको नजिकको ठुलो सरकार हो । हिजो काठमाडांै मात्र सरकार थियो काठमाडांै देख्थे तर अहिले के छ भने के पालिका छ पालिका पछिको ठुलो सरकार त प्रदेश सरकार हो । त्यसैले उहाँहरुको आशा अपेक्षा जनताका धेरै हुन्छन् धेरै छन् । तर प्रदेश आफै अहिले सफल नबनि सकेको हँुदा खेरी त्यो उहाँहरुको आकाङ्क्षा अपेक्षा र सरकारले गर्ने कामको शैली नमिलेको हुँदा हो । अब जुन दिने शैली मिल्छ त्यो दिन चाहीँ यो समस्या कम हँुदै जान्छ । तर अहिले नै समस्या हल हुन्छ भन्ने हुँदैन त्यस कारण केहिँ न केहिँ रुपमा एउटा ग्याप रहेको छ । हामीले काम गर्दा खेरी त्यो ग्यापलाई मर्मत गर्ने किसिमले हिड्नु पर्दछ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...