चार यात्रु लिएर रेसुङ्गाबाट फर्कियो जहाज

Published on

काठमाडौँ । जहाज मर्मतका कारण साढे तीन महिनादेखि अबरुद्ध रेसुङ्गा बिमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा बिमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो । जहाज मर्मतका कारण गत पुस ४ गतेपछि उडान भएको थिएन् । पुनः सोमबार १४ जना यात्रुसहित नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट आएर चार यात्रु लिएर फर्किएको रेसुंगा बिमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो । आउने बिहीबार अर्को उडान हुने बताइएको छ । अहिलेलाई एक दिनको तालिका बने पनि हप्तामा दुई दिन उडानको योजना बनिरहेको थापाले बताउनुभयो । बिहान ६:१५ मा काठमाडौबाट र ७:१५ मा रेसुंगा बिमानस्थलबाट उडान हुने बिमानस्थल प्रमुख थापाले बताउनुभयो ।

साताको चार दिनसम्म उडान अनुमति पाएको एयरलाइन्सले जहाज अभावका कारण सातामा एक दिन मात्र उडान गर्ने अवस्था रहेको छ । गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक उडान गरेको थियो । तारा एयरकै जहाजले २०७९ पुस २४ गते ‘प्रुभिङ फ्लाइट’ गरेको थियो । २०८० बैशाख १५ गतेबाट नेपाल एयरलायन्सको जहाजले परीक्षण उडान गरेको थियो । काठमाडौं–सिमीचौर करिव ५० मिनेटको उडान दूरी रहेको छ । काठमाडौंबाट रेसुंगा सात हजार ५०० रुपियाँ र रेसुंगा बिमानस्थलबाट काठमाडौ सात हजार ३०० रुपियाँ हवाई भाडा रहेको एयरलाइन्सले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...