इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

Published on

काठमाडौँ । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरे पछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् । “आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट ठुलो शक्तिका साथ लड्न फर्किरहेको छ”, आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गर्नुभएको छ”, “आफ्नो सुरक्षाका लागि तपाईँ तुरुन्तै अल मवासीको आश्रयमा जानु पर्छ ।” अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार एक सय ८० जना मारिए र दुई सय ५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइयो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...