इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

Published on

काठमाडौँ । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरे पछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् । “आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट ठुलो शक्तिका साथ लड्न फर्किरहेको छ”, आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गर्नुभएको छ”, “आफ्नो सुरक्षाका लागि तपाईँ तुरुन्तै अल मवासीको आश्रयमा जानु पर्छ ।” अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार एक सय ८० जना मारिए र दुई सय ५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइयो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...