मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन

Published on

काठमाडौँ । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबुटी निकासी हुँदा ९३ लाख रुपियाँ राजस्व प्राप्त भएको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जीतेन्द्र महतका अनुसार ९३ लाख यो आर्थिक वर्ष राजस्व सङ्कलन भएको छ । यो राजस्व वन विभागको कार्यविधि अनुसारबाट सङ्कलन पुर्जी दिइएको र डिभिजन वन कार्यालयबाट उक्त पुर्जी दिइएको जडीबुटीबाट भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष जिल्लामा २४ देखि ३० प्रकारका जडीबुटीहरु निकासी हुनेगरेको छ । बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो, घुच्चीच्याउ, सुगन्धवाल, सेतक चीनी धुपी, वन लसुन, राताच्याउ, कालादान, जिम्बु, अतिस, जटामसी, बिषजरालगायतका जडीबुटीहरु जिल्ला बाट निकासी हुनेगरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।” विशेषगरी जलवायु परिवर्तन, आगलागी, खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निर्माणका संरचना निर्माण गर्नुले फल नपाक्दै जडीबुटी दिप्नु र खुल्ला रुपमा चौपाय चरनमा छाड्नाले लोप हुँदै गएको नागरिक अभियान्ता रुपबहादुर मल्लले बताउनुभयो । राज्यका तीनै तहका सरकारको जडीबुटी विकास कार्यक्रम, जडीबुटी खेती विस्तार, खेती क्षेत्र, पकेट क्षेत्र निर्धारण, भण्डारण केन्द्र र प्रशोधन केन्द्र निर्माणका लागि अनुदानका कार्यक्रम लगायत समुदायमा जडिबुटी संरक्षण उपयोगबारे जनचेतना मुलक कार्यक्रम समुदायमा दिन उहाँले सुझाव दिनुभयो ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...