रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

Published on

काठमाडौं । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार आयोजित पत्रकार सम्म्लनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ । हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौं । साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं ।’’

हालै मस्कोको आधिकारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति “सबैभन्दा महत्त्वपूर्ण’’ रहेको बताउनुभएको थियो । उहाँले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बिचमा शान्ति वार्ता सफल नहुने बताउदै द्वन्द्व अन्त्य गर्न आग्रह पनि गर्नुभएको थियो । रासस\एएनआई

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...