नवलपुरमा दुई जनाको मृत्यु

Published on

काठमाडौं । नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका ६ भडरा बस्ने टोलकुमारी महतोका १४ वर्षीय छोरा आर्यन महतोलाई आफ्नै घरमा खेल्ने क्रममा सर्पले डसेको थियो ।

सर्पले डसेपछि उहाँलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । यस्तै नवलपुरको कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो । कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुल मुनी मृत भेटिएको प्रहरीको भनाइ छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...