सहारा बन्दै मानव सेवा आश्रम

Published on

काठमाडौं । ७० वर्षीय सोमबहादुर परियारले जीवनका सात दशक सडककिनारमै बिताउनुभयो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने उहाँको स्वभाव थियो । शरीरभरि फोहोरैफोहोर बोकेर सडकमा कष्टकर जीवन बिताइरहनुभएका परियारलाई चितवनबाट एक महिनाअघि उद्धार गरेर मानव सेवा आश्रम हेटौँडा ल्याइयो ।

यस्तै इजरायलमा केयरगिभर काममा गएर २०६६ मा नेपाल फर्किनुभएकी जानकी गजुरेल महर्जन छोरी र पति गुमाएपछि विक्षिप्‍त हुनुभयो । २० वर्षकी छोरी ब्रेनट्युमर र पति क्यान्सरले गुमाएपछि काठमाडौँ बालाजु बस्दै आउनुभएकी महर्जन डिप्रेसनको सिकार हुनुभयो । उहाँलाई करिब पाँच वर्षअघि उद्धार गरेर हेटौँडा ल्याइएको हो । नियमित औषधि सेवन र स्याहारले उहाँको स्थितिमा सुधार आएको छ । लागूऔषध कुलतमा फसेर मनोरोगी बन्नुभएका हेटौँडाका गोपाल सापकोटा घर तथा वरपर नाङ्गै हिँड्न थालेपछि समस्या भएको थियो । परिवारका सदस्य उहाँलाई कोठामै थुनेर राख्न बाध्य भए । परिवारको सहकार्यमा उद्धार गरी मानव सेवा आश्रममा नियमित उपचार र औषधी गर्दा उहाँको दिनचर्या र जीवनशैलीमा परिवर्तन आएको छ ।

उहाँहरूजस्तै विविध कारणले सडकमा जीवन बिताउन बाध्य १० हजारभन्दा बढीको अहिले साझा थलो बनेको छ– मानव सेवा आश्रम । मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाका अनुसार आश्रमले तीन हजार ९२० सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । जसमा दुई हजार २०३ पुरुष र एक हजार ७१७ महिला छन् । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रितमध्ये एक हजार २१६ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८८७ पुरुष र ३९४ जना महिला छन् । तीन हजार ३८१ जनाले स्वेच्छिक रूपमा आश्रम छाडेका छन् भने ८४० जना समुदायमा पुनस्र्थापित भएका छन् । आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापी रूपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा अति कमजोर मानवको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...