आयात घट्दा खुम्चियो राजस्व

Published on

काठमाडौं । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०\८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।

आव २०७९-८० मा एक खर्ब ५५ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा भन्सार कार्यालयले ७६ अर्ब ८९ करोड मात्रै सङ्कलन गरेको थियो । भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो । खास गरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ । भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडिमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताउनुभयो । उहाँले राजस्व घट्यो भनेर चिन्ता मात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...