खोलाले बगाएर बेपत्ता भएकामध्ये एकजनाको शव फेला

Published on

काठमाडौं । अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । बेपत्तामध्ये उमेश पौडेलको शव फेला मङ्गलबार साँझ फेला परेको हो ।

शव झरनाभन्दा पाँच सय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठौरले जानकारी दिनुभयो । कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी अझै बेपत्ता रहेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा उनिहरुलाई खोलाले बगाएको थियो ।

मङ्गलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भए पनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए । दुई जनामध्ये एक जनाको शव फेला परेको र अर्का युवाको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...