गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

Published on

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरुको चहलपहल सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका जिल्लाहरुबाट भक्तजनहरु उल्लेख्य मात्रामा आएका छन् । भक्तजनहरुका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । गलेश्वर शिवालय मन्दिरमा पूजा आरधाना र दर्शन गर्न महिला तथा युवायुवतीहरुको संख्या धेरै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार विहानै देखि भक्तजनहरु लामबद्ध भएर मन्दिरमा पूजा र दर्शन गरेका छन् । साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान शिव खुशी भई मनोकांक्षा पुरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ। कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टान माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रुपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समुह, लगायतले स्वयमसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...