म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार

Published on

काठमाडौं । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना (२०८१\८२-२०८५\८६) तयार गरेको हो । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१\८२-२०८५\८६ को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ । दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रका योजना कार्यान्वयन गर्ने तयारी भएरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सरकारले सन् २०१६ देखि सन् २०३० सम्मका लागि दिगो विकासका विभिन्न १७ वटा लक्ष्य निर्धारण गरेको सन्दर्भमा यसलाई आधार मानेर गाउँपालिकाले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार गरेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “नेपालको संविधानले निर्देश गरे अनुसारका नीतिसँग समायोजन हुने गरी दिगो विकासको लक्ष्य हासिल गर्न आवधिक र दीर्घकालीनरुपमा योजना तर्जुमा गरी सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता छ ।” उक्त योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधारतर्फ पालिकाको प्रशासनिक भवन निर्माणलाई पूर्णता दिने, सभाहल, वडा कार्यालय परिसरमा थालिएका संरचना, १० शय्याको अस्पताल निर्माण, ल्यान्डफिल्ड साइडको अपूरो संरचना, वडास्तरीय सडक संरचना निर्माण तथा स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कृषि तथा पशुको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि तथा पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ऊर्जाको विकास, विस्तार र सुदृढीकरण, घरेलु उद्यमको विकास, स्वरोजगारी सिर्जना तथा बेरोजगारी समस्याको समाधानलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ ।

जलस्रोतको विकास र सिँचाइ, खेलकुद पूर्वाधारको विकास र विस्तार, मानव संशाधनको विकास तथा लक्षित वर्ग हितमूलक कार्यक्रम सञ्चालन, वन वातावरण, वृक्षारोपण, जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद तथा प्रकोप व्यवस्थापन र विभिन्न समयमा देखा पर्ने सङ्क्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा, संरक्षण, न्याय र सामाजिक समावेशीकरण तथा गरिबी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मुख्य प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । म्याग्देलाई आगामी पाँच वर्षभित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिइएको पालिका कार्यालयले जनाएको छ । पालिकाले लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्र, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल तथा सडक सरसफाइ, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संशाधन विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरणमैत्री दिगो विकास गरिने अधिकारीले जानकारी दिनुभयो । रासस

ताजा समाचार

सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि...

अनुगमनका क्रममा खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका...

दाङमा मह उत्पादनमा कमी

काठमाडौँ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित शिवशक्ति बी कन्सर्नका सञ्चालक विष्णु श्रेष्ठले एक सय ५०...

मन्दिर परिसर सिँगार्दै कलाकार ठाकुर

काठमाडौँ । त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित...