गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न

Published on

काठमाडौं । गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो साल मनसुन जेठको अन्तिमदेखि सुरु भएसँगै गोरखाका धेरै भूगोलमा अत्याधिक वर्षा भएकाले पनि समयमै रोपाइँ सम्पन्न भएको हो । आकासे पानी परी मूल फुटेर धेरै पाखाखेतमा रोपाइँ भएकाले पनि गत साल भन्दा बढी रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मीरा चौधरीले जानकारी दिनुभयो । अहिले सम्म पनि गोरखामा सिँचाइ भएका कुलो नहरहरुको खेतमा रोपाइँ सम्पन्न भएको उहाँको भनाइ छ । उहाँका अनुसार साउन २० गतेसम्म ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धानखेती हुने १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमध्ये ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा अर्थात् ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखाका मुख्य मुख्य फाँटहरुमा रोपाइँ सम्पन्न भएका छन् भने केहि टारी फाँटहरुमा रोपाइँ हुने क्रम तीव्र रुपले भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा भइरहेकाले साथै किसानले बिउ धेरै राखेकाले पनि अझै १० दिनसम्म गोरखामा लगभग ९६ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख चौधारीको भनाइ छ ।

गोरखामा १० हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएकाले यो साल पानी धेरै नै परेकाले पनि मूल फुटेर धेरै रोपाइँ भएको हो । झण्डै ९८ प्रतिशत रोपाइँ हुने विश्वास लिएकोमा अत्यधिक वर्षाका कारण रोपेको धान खेत नै बगरमा परिणत भएकाले पनि ९८ प्रतिशत रोपाइँ हुनेमा केही तलमाथि हुने विश्वास लिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत सुमन भट्टराईले बताउनुभयो । गोरखामा आर्थिक वर्ष २०७९-०८० मा ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएकोमा यो आर्थिक वर्षमा बढेर ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । किसानहरुले गोरखामा साउन महिनाको अन्तिमसम्म रोपाइँ गर्ने भएकाले १० दिनमा ८\९ प्रतिशत रोपाइँ वृद्धि हुने आफूहरुले विश्वास लिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...