पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी

Published on

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । आइतबार दिउँसोबाट सुरु भएको समितिको बैठकमा जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल भइरहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि सिंहदरबारमा जारी रहेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तरर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्याका सम्बन्धमा र नेपालमा (इआइएरआइइई) लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्यासम्बन्धी विषयमा छलफल हुँदै छ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा मानव मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल सुरु भएको छ । आइतबार बसेको समितिबो बैठकमा सांसदहरुबिच छलफल जारी रहेको छ ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...