गोपीगन्ज–त्रिवेणी सडक निर्माणमा ठेकेदारको बदमासी गरेपछि विरोध

Published on

काठमाडौँ । हुलाकी राजमार्ग अन्तर्गत नवलपरासीको नारायण चोक (गोपीगन्ज) देखि रानी नगरसम्म (त्रिवेणी) सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । १५ किलोमिटरको लामो सडक खण्ड कालोपत्रेको काममा अटेरी गरेपछि स्थानीय आजित बनेका छन् । उक्त सडक निर्माणका लागि बज्र गुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको थियो । २०७६ मङ्सिर १ गते निर्माण कार्य ३ वर्षभित्र सक्ने गरी ठेक्का भएको थियो । छ वर्ष पुग्दासम्म निर्माण कार्यमा प्रगति नदेखिएपछि सोमवार स्थानीय र जनप्रतिनिधिको टोलीले हुलाकी राजमार्ग निर्माण कार्यालय गोरुसिङ्गे कपिलवस्तुमा विरोध प्रदर्शन गरेका थिए । कार्यालय र ठेकेदार बिच काम सुचारु गर्ने सहमति भए पनि ठेकेदार पक्ष जिम्मेवार नभएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आन्दोलन गर्नु पर्ने रहर नभएर बाध्यता रहेको हो । निर्धारित समयमा सम्पन्न हुनुपर्ने हो तर ६ वर्ष हुँदासम्म पनि काम थाँती छ । सडकको अवस्थाको कारण आजित भएर विभिन्न समयमा धर्ना प्रदर्शन, अनसन आमरण अनसन लगाएका विरोध गरे पनि कामले गति लिन सकेको छैन । हुलाकी परियोजना कार्यालय र ठेकेदार बिच दसैँ अगाडि ३ किलोमिटर र चैत्रभित्र पूरै सडक निर्माण गर्ने काम सम्पन्न गर्ने सहमति पनि कार्यान्वयन भएको छैन । ’ हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रमुख होमबहादुर एसीले सडक निर्माणका लागी कार्यालयको तर्फबाट पटक पटक ताकेका भएको बताउनुभयो । निर्माण व्यवसायीले विभिन्न बहानाबाजी गर्दै कामले गति लिन सकेको छैन । दुई चार दिनदेखि ठेकेदार पक्षले काम सुरु गर्न लागेका छन् । असार मसान्तसम्म भए पनि काम सम्पन्न गरिने कार्यालय प्रमुख एसीले स्पष्ट पार्नुभयो ।

वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ । सवारी साधन लिएर हिँड्दा कतै दुर्घटना हुन्छ कि भन्ने डर छ । हामी स्थानीय झन् अझ पीडित भएका छौ । निर्माण सकिने प्रत्याभूति नहुँदासम्म आन्दोलन जारी रहने प्रतापपुरकी ओमका उपाध्यायले बताउनुभयो । उक्त सडकले हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुँदै सुस्ता गाउँपालिकासम्म जोड्नेछ । दुई लेनको पिच सडक निर्माणका लागि ४९ करोडभन्दा बढी रकममा ठेक्का भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...