मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

Published on

काठमाडौं । गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ । गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ । रासस

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...