महिला दिवसको अवसरमा ‘मार्केट मार्च’

Published on

काठमाडौँ । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । स्टलमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, विरुवा, रैथाने उत्पानहरु र जातिय परिकार र कोरियन परिकारहरु रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बताउनुभयो । स्थानीय महिला दिदी बैनीहरुले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताउनुभयो । “यो चौथो मार्केट मार्च हो यसलाई विस्तारै परिमार्जन गर्दै लाने छौं” उहाँले भन्नुभयो ।

महिलाहरुको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरुको मेहनत र संघर्षलाई प्रवर्द्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राईले बताउनुभयो । २० वर्षदेखि फिट्नेस प्रशिक्षकका रुपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एण्ड वेलनेशमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरु दिइरहेको छ । झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । यस मार्टमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, विरुवा, रैथाने उत्पानहरु र जातिय परिकार र कोरियन परिकारहरु सहित ३२ वटा स्टलहरु रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बताउनुभयो ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...