महिला दिवसको अवसरमा ‘मार्केट मार्च’

Published on

काठमाडौँ । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । स्टलमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, विरुवा, रैथाने उत्पानहरु र जातिय परिकार र कोरियन परिकारहरु रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बताउनुभयो । स्थानीय महिला दिदी बैनीहरुले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताउनुभयो । “यो चौथो मार्केट मार्च हो यसलाई विस्तारै परिमार्जन गर्दै लाने छौं” उहाँले भन्नुभयो ।

महिलाहरुको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरुको मेहनत र संघर्षलाई प्रवर्द्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राईले बताउनुभयो । २० वर्षदेखि फिट्नेस प्रशिक्षकका रुपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एण्ड वेलनेशमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरु दिइरहेको छ । झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ । यस मार्टमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, विरुवा, रैथाने उत्पानहरु र जातिय परिकार र कोरियन परिकारहरु सहित ३२ वटा स्टलहरु रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...