धामी नाचेर साउने पूर्णिमा मनाइदै

Published on

काठमाडौं । जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देबताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।

हुम्ला जिल्लाका अधिकांश स्थानमा साउने पूर्णिमाका दिन माडुहरुमा धामी नाचेर मनाउने गरिन्छ । सिमकोट गाउँपालिका–६ निवासी धर्मराज रोकायाले धामी झाँक्रीहरुले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चर्तुदशीबाट भने नाचेर यो पर्व सुरु गर्छ । सिमकोट गाउँपालिका– ५ को बाँडपालकोे माडुमा धामीहरुले नाचेर धुमधामसँग साउने पूर्णिमा मनाउने गर्छन् । यसअघि धुपीरुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामीहरु भेट हुने बित्तिक्कै दुध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानी लगायतका धामीहरु पालैपालो नाचेर मनाउने कार्य निक्कै रमणीय हुन्छ । घरबाट टाढा गएका मानिसहरु पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा पनि मानिन्छ ।

स्थानीयहरु नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गरिन्छ । पहिले पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फर्ने दिनका रुपमा पनि लिइन्थ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...