आयातित जनैको भर

Published on

काठमाडौं । पछिल्लो समय गाउँमा जनै बाट्ने प्रचलन हराउन थालेको छ । हिन्दु धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर लगाउने गरिएको छ । कावासोतीका पण्डित नारायण भुसालले जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन । अहिले बजारमा आयात गरिएका स्वदेशीरविदेशी जनै र रक्षाबन्धन आउने गरेका छन् ।” केही वर्षअघिसम्म जनै बनाएर आफन्त सबैलाई पु¥याउँदै आएको भए पनि पछिल्लो समय आफैँले पनि बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको भुसाल बताउनुहुन्छ । पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्संदै जान थालेको उहाँको भनाइ छ ।

रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको पण्डित एकनारायण चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडेका छन् । आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” नवलपुरको कावासोतीमा रहेको शिवशक्ति पूजा सामग्री पसलका होमनाथ उपाध्यायले विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको बताउनुभयो तर आफू व्यापारी भएकाले आयातित जनै खरिदबिक्री गर्ने गरेको बताउनुभयो ।

गणेश धार्मिक पसलका नारायण खनालले बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक फरक मूल्यमा पाइने बताउनुभयो । व्यापारीले आफ्नो दर अनुसार जनै बिक्री गर्ने गरेको उहाँको भनाइ यो । बजारमा मेसिनबाट बनाइएका जनै प्रतिगोटा मूल्य छ रुपियाँ र हातले बनाएको जनै प्रतिगोटा १५ रुपियाँमा आफूले पनि बिक्री गरेको उहाँले बताउनुभयो । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठुलै हुने गरेको पाइन्छ । आइतबार जनै किन्नेहरूको ठुलै भिडभाड रहेको व्यवसायी खनालले बताउनुभयो । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

जनैपूर्णिमामा विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुहरूबाट रक्षा हुने जनविश्वास रहिआएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...