दुर्लभ गिद्धका एक सय सतचालिस गुँड

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डङ्गर, सानो खैरोलगायत दुर्लभ गिद्धका १४७ वटा गुँड अखिलेख गरिएको छ । पछिल्लो अध्ययनका क्रममा विभिन्न जिल्लामा गरी सो सङ्ख्यामा गिद्धको गुँड अभिलेख गरिएको हो । अध्ययन अनुसार दुर्लभ डङ्गर गिद्धको १३२, हिमाली गिद्धको नौ, सानो खैरो र हाडफोर गिद्धको तीनरतीन वटा गुँड फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी कञ्चनपुरमा १२० वटा गुँड रहेको जनाइएको छ । कञ्चनपुरको भोजपुरफाँटामा डङ्गर गिद्धको गुँड ८२, सानो खैरो गिद्धको गुँड दुई, हिरापुर क्षेत्रमा सानो खैरो गिद्धको गुँड एउटा रहेको छ । त्यसै गरी तारापुर क्षेत्रमा डङ्गर गिद्धका गुँड १७, बन्साह क्षेत्रमा छ, पर्सिया क्षेत्रमा आठ, कन्ज क्षेत्रमा एउटा गुँड फेला परेको छ । कैलालीको खुटिया चरा तथा जैविक विविधता क्षेत्रमा डङ्गर गिद्धको १३, डडेलधुरामा दुई, बैतडीको खोड्पेमा हिमाली गिद्धका नौ र झालापानीमा हाडफोर गिद्धको तीन गुँड फेला परेको छ । सन् २०२३ र २०२४ मा यस प्रदेशमा गिद्धको गुँड अध्ययन गरिएको थियो ।

गुँडको सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको अध्ययनकर्ता हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँले भन्नुभयो, “कैलालीमा गुँडको सङ्ख्या घट्दो रहे पनि प्रदेशको समग्र अवस्था सुधारोन्मुख छ । कञ्चनपुरमा एकदम राम्रो अवस्था देखिएको छ । त्यसै गरी डडेलधुरामा नयाँ ब्रिडिङ क्षेत्र फेला परेको छ । यो एकदम खुसीको कुरा हो ।” गिद्धले अग्ला अग्ला रुखमा गुँड लगाउने र बच्चा कोरल्ने गर्छन् । कैलालीमा गुँड घट्नुको मुख्य कारण गिद्धको वासस्थान विनाश हुनु नै रहेको जनाइएको छ । खुटिया क्षेत्रमा गिद्धले गुँड बनाउँदै आएका खेतमा रहेको धेरै जसो रुख काटिएको छ । यसै गरी आँधीले पनि खुटिया क्षेत्रमा धेरै अग्ला रुख ढलेको थियो । गिद्धले गुँड बनाउँदै आएको क्षेत्रमा बाढी प्रभावित पसेका छन् । यी विभिन्न कारणले गिद्धले गुँड बनाउँदै आएको क्षेत्र छोड्दै गएको अध्ययनले देखाएको छ । प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउँदै गइरहेका कारण नेपालमा यसको संरक्षणका लागि नेपाल सरकारले गिद्ध संरक्षण कार्ययोजना लागु गरेको छ । सरकारले गिद्ध संरक्षणमा सहयोग पु¥याउने उद्देश्यका साथ पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी उत्पादन, बिव्रmीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

नेपालको ७६ जिल्लालाई पशु उपचारमा डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको छ । यद्यपि लुकीछिपी डाइक्लोफेनेकको प्रयोग अझै भइरहेका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको चराविद् डङ्गौराको भनाइ छ । उहाँका अनुसार गिद्ध संरक्षणका लागि जटायु रेस्टुरेन्ट (सुरक्षित आहार केन्द्र) स्थापना, भेटेरिनरी अनुगमन, वासस्थान संरक्षण, जनचेतनामूलक कार्यक्रम सञ्चालनलगायतका कार्य भइरहेका छन् । नेपालमा अव्यवस्थित विद्युतीय तारमा परी गिद्धको मृत्यु भइरहेको छ । यसै गरी घाइते गिद्धको समयमै उद्धार हुन नसकेमा पनि मृत्यु हुने गरेको छ । आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनका कारण गिद्धको खानाको कमी तथा अभाव भइरहेको छ ।

वासस्थानको विनाशसहित विविध मानवीय कारण गिद्ध संरक्षण चुनौतीका रूपमा देखिएको जनाइएको छ । पछिल्लो अनुसन्धान अनुसार किटोप्रोफेन, एसिक्लोफेनेक, कारप्रोफेन, फ्लुनिक्सिनलगायतका औषधी पनि गिद्धका लागि विशाक्त मानिएको छ । नेपालमा यी औषधीको प्रयोग भइरहेका कारण यसले पनि गिद्ध संरक्षणमा असर पुगिरहेको जनाइएको छ । यसैबिच गिद्ध संरक्षणमा भइरहेका प्रयास र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस सप्ताहव्यापी (सेप्टेम्बर १ देखि ७ तारेखसम्म) मनाइने भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...