कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित हुने

Published on

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”

यसैबिच बूढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा निरन्तर बस्दै आएको बैठकमा हिजो शनिबार पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुबिच छलफल भएको थियो । उहाँले भन्नुभयो, “सभापतिले दिनका दिन निरन्तर बैठक राख्नुभयो । हिजो पनि पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताहरुबिच बैठक थियो । सबै कुरा सहमति उन्मुख भएको छ । आज ड्राफ्ट गरेर महामन्त्रीद्वयले प्रतिवेदन ल्याउनुहुन्छ । सबै सहमति करिब–करिब भइसकेको छ । आज हन्ड्रेड पर्सेन्ट पारित हुन्छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...