‘संविधान संशोधन गर्न आवश्यक’

Published on

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा बिहान प्रभातफेरी र महानन्द पार्कमा झण्डोतोलन कार्यक्रम गरिएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, भगवती मावि हुँदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बत्ताहरूले संविधानको आवश्यकता, कार्यान्वयन र अवसरको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले संविधान बनेको हिसाबबाट राम्रो उत्कृष्ट भए पनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएकाले कार्यान्वयन गर्न सबै इमान्दार हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधानमा भएका प्रावधानहरू, संविधानलाई टेकेर बनेका कानुनहरूको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिको प्रमुख एवम् जिल्ला समारोह समितिका अध्यक्ष राजन मेहताले संविधान सभाबाट पारित भई नेपालमा लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जग तयार भएको नौ वर्ष पूरा हुँदा समेत सबैले अपनत्व ग्रहण गर्ने हुन नसेकाले संशोधनसहित सबैको माग र मुद्दाहरू सम्बोधन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारीले संविधानले सात प्रदेशमा आधारित सङ्घीय शासन व्यवस्थाको प्रबन्ध गरेको र सबैको समानुपातिक सहभागिता सुनिश्चित गरेकाले त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीका तीन स्तम्भलाई यस संविधानले संरचनागत रूपमा स्वीकार गरेकोले त्यसको कार्यान्वयन गरेको खण्डमा विश्वको उत्कृष्ट संविधान कुरामा मात्रै नभई व्यवहार पनि भन्न सकिने बताउनुभयो । जारी भएकै बखत यस संविधानप्रति असन्तुष्टिका स्वर निस्किएको सन्दर्भमा चर्चा गर्नुहुँदै संविधान सभाका ९० प्रतिशतभन्दा बढी सभासदद्वारा पारित भएकाले सबैले रक्षा, संरक्षण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संविधान जनताको अपनत्व कायम हुने आधार तयार भएपछि कार्यान्वयनमा लाग्नुपर्नेमा सहभागीहरूको जोड थियो ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक विपिन रेग्मी, जी.स.स.उपप्रमुख कमला खतिवडा, इनरुवाका उपप्रमुख विनीताकुमारी मेहता, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् कर्मचारी, पत्रकार, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, नागरिक समाज, वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा सरोकारवालहरू हातहातमा नेपालको झण्डा बोकी जिल्ला सदरमुकामको बजारमा प्रभातफेरी गर्दै महानन्द पार्क प्राङ्गणमा सभामा परिणत भई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । साथै यहाँका अन्य स्थानीय तहहरूमा पनि प्रभातफेरी लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतापूर्वक मनाएको छ । गोरखापत्र

ताजा समाचार

सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम...

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौं । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद्...

जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ...