लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लागि ठगी गरेको अभियोग छ । जिल्ला अदालत कास्कीबाट शुक्रवार दिउँसो पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरी स्थल मार्गबाट पोखरा ल्याइएको छ । शनिवार बिहान पौने ३ बजेतिर उहाँलाई पोखरा ल्याई पुर्याइएको थियो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

सूर्य दर्शन सहकारी ठगीका अनुसन्धानकर्तासमेत रहनुभएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेको स्वास्थ्य अवस्था ठिक रहेको र जिल्ला प्रहरी कार्यालयको हिरासतमा छुट्टै राखिएको उल्लेख गर्नुभयो । कास्की प्रहरीकै हिरासतमा यही अभियोगमा पक्राउ पर्नुभएका गोरखा मिडिया सञ्चालक छविलाल जोशीसमेत हुनुहुन्छ । “लामिछानेलाई छुट्टै राखिएको छ । उहाँ विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुन्छ,” प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “आज शनिवार बिदा भएको आइतबार मात्र अदालतमा पेस गर्छौँ ।”

संसदीय छानबिन समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । लामिछाने गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हुनुहुन्छ । उहाँसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कास्की प्रहरीले शुक्रवारै लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीमा १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको विभिन्न छानबिन समितिले देखाएका छन् । सूर्य दर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धिरजकुमार दास लगायत फरार छन् । यही मुद्दामा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...