नवलपुरमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, २८ घाइते

Published on

काठमाडौं । नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक पुरूष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । मृत्यु हुनेमा बुलिङ्गटार ३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३०-३२ वर्षीय पुरूष रहेका छन् । मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी ध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्धार गरेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...