नवलपुरमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, २८ घाइते

Published on

काठमाडौं । नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक पुरूष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । मृत्यु हुनेमा बुलिङ्गटार ३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३०-३२ वर्षीय पुरूष रहेका छन् । मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी ध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्धार गरेको थियो ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...