किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याई (फोटो फिचर)

Published on

काठमाडौं । चाडपर्वको मौसमसँगै यतिबेला ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो छ । जिल्लाकै प्रमुख नगदे बालीको रूपमा रहेको अलैँची पाक्ने समय भएकाले हिजोआज किसानलाई अलैँची थन्क्याउने चटारो परेको हो । हिन्दुहरूको महान् चाड दसैँ भर्खरै सकिएको छ । त्यस्तै, दोस्रो ठुलो चाडका रूपमा तिहार ९दीपावली० नजिकिँदै छ । दसैँ, तिहारसँगै विभिन्न मौलिक चाडपर्वको हालको मौसममा ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याई छ । अलैँची पाक्न थालेपछि थन्क्याउनलाई ढिलो गरेमा चरा, मुसा तथा जङ्गली जीवजन्तुले खाएर नोक्सान बनाइदिने हुँदा चाडपर्व नभनी यहाँका किसान अलैँची थन्क्याउन व्यस्त छन् ।

अलैँची थन्क्याउने कर्मअन्तर्गत अहिले किसानहरू अलैँची टिप्न, छोडाउन, सुकाउन र व्यवस्थापन गर्नमा व्यस्त बनेका छन् । अलैँची पाक्ने समय भएकाले चाडपर्व नभनी अलैँची थन्क्याउनमा व्यस्त बनेको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका खाङ्डु शेर्पाले बताउनुभयो । अलैँचीको काम गर्ने मजदुरसहित फुङ्लिङ नगरपालिका–६ बिहीबार क्षेत्रमा रहेको अलैँची बगानमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो । उहाँले अलैँची बगानमै दसैँ मनाएको बताउनुभयो । गाउँ अर्थात् खेजेनिमबाटै अलैँची थन्क्याउनमा मजदुरी गर्न आएका सर्वसाधारणले समेत बगानमै दसैँ पर्व बितेको बताएका छन् । किसानका अनुसार अब नजिकिएको तिहार पर्व पनि अलैँची बगानमै बित्ने बताउँछन् ।

अलैँची पाक्न थालेपछि थन्क्याउन अर्थात् टिप्नलाई ढिलो भएमा चरामुसाले खाएर नोक्सानी गर्ने हुँदा चाडपर्वभन्दा पनि अलैँची थन्क्याउने काम ध्यान दिनुपर्ने बाध्यता भएको अर्का किसान जङ्गबहादुर लिम्बूको भनाइ छ । उहाँकाअनुसार अलैँची पाक्ने हालको मौसममा खेतीमा संलग्न जिल्लाभरीका किसान व्यस्त छन् । जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । औल अर्थात् एक हजार २०० मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार २०० देखि एक हजार ८०० सम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार ८०० मिटर उचाइमाथि अर्थात् लेक क्षेत्रमा कात्तिक सुरुदेखि अन्तिमसम्म अलैँची टिप्ने गरिएको किसानको भनाइ छ ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...