दुर्घटनामा एकको मृत्यु, आक्रोशित समूहद्वारा बसमा आगजनी

Published on

काठमाडौं । झापाको कमल गाउँपालिकाको पाडाजुंगी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले गाडीमा आगो लगाइदिएका छन् । दुर्घटनापछि केहीबेर दुर्घटनास्थल तनावग्रस्त बनेको थियो ।

पूर्वपश्चिम राजमार्ग कमल गाउँपालिका वडा नं। ५ स्थित रबी पेट्रोलपम्प नजिक शनिबार मध्याह्न १२ बजे काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले बिर्तामोडतर्फबाट मोरङको केराबारी आउँदै गरेको को १६ प ५३३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी ७ नर्कटेका पदममुकारुङ राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका थियो भने दमक नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

बसको लापरबाही भएको भन्दै स्थानीयले सडक अवरोध गरेर नाराबाजी गर्दै प्रदर्शन गरेपछि बाक्लो प्रहरी परिचालन गरेर भीडलाई प्रहरीले तितरबितर गरेको थियो । दुर्घटनाको विषयमा आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...