सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Published on

काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. ६०० ले वृद्धि भइ रु. १ लाख ६५ हजार कायम भएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु. १ लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु. ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...