आलिताल अस्पताल निर्माणको काम अलपत्र

Published on

काठमाण्डौं । भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी भएको सम्झौता अनुसार बजेट नहुँदा निर्माणको काम अलपत्र परेको हो ।

२०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरी २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासँग ठेका सम्झौता भएको थियो । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधिभन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राविधिक राजेन्द्रकुमार रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन । आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो ।

अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोविलाईजेस खर्च लैजानुपर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उहाँले बताउनुभयो । काम सुरु गर्न सामग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनुपर्ने हो । उहाँले भन्नुभयो, ”तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सक्नुभएन” । काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९(०८० मा सङ्घीय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिँदै गर्दासम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो ।

बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोबिलाइजेसन खर्च भुक्तानी भएको थियो । उहाँले भन्नुभयो, ”हालसम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो। तर भुक्तानी भने हुन नसकेकाले काम अलपत्र परेको उभित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी भएको सम्झौता अनुसार बजेट नहुँदा निर्माणको काम अलपत्र परेको हो” ।

२०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरी २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासँग ठेका सम्झौता भएको थियो । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधिभन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राविधिक राजेन्द्रकुमार रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन । आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो ।

अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोविलाईजेस खर्च लैजानुपर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उहाँले बताउनुभयो । काम सुरु गर्न सामग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनुपर्ने हो । उहाँले भन्नुभयो, ”तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सक्नुभएन” । काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९(०८० मा सङ्घीय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिँदै गर्दासम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो ।

बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोबिलाइजेसन खर्च भुक्तानी भएको थियो । उहाँले भन्नुभयो, ”हालसम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो। तर भुक्तानी भने हुन नसकेकाले काम अलपत्र परेको छ।” उहाँका अनुसार हाल सम्म दुई पटक म्याद थप गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडि सार्नुभएको थियो । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजनामध्येको एक अस्पताल हो । ।

उहाँका अनुसार हाल सम्म दुई पटक म्याद थप गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडि सार्नुभएको थियो । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजनामध्येको एक अस्पताल हो । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...