बम बिस्फोटमा एक घाइते, घरमा क्षति

Published on

काठमाण्डौं । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा न ४ का वडाअध्यक्ष अर्जुन खांणले जानकारी दिनुभयो ।

घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खांणले बताउनु भयो । पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुनुहुन्छ । उहाँले दुई वर्ष अगाडि अवकाश लिनु भएको परिवारले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ । घटनाबारे विस्तृत अनुसन्धान हुने उहाँको भनाइ छ । बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ । घाइते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पुरीको कच्ची घरमा समेत क्षति पुगेकोे प्रहरीको भनाइ छ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...