बम बिस्फोटमा एक घाइते, घरमा क्षति

Published on

काठमाण्डौं । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा न ४ का वडाअध्यक्ष अर्जुन खांणले जानकारी दिनुभयो ।

घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खांणले बताउनु भयो । पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुनुहुन्छ । उहाँले दुई वर्ष अगाडि अवकाश लिनु भएको परिवारले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ । घटनाबारे विस्तृत अनुसन्धान हुने उहाँको भनाइ छ । बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ । घाइते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पुरीको कच्ची घरमा समेत क्षति पुगेकोे प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...