क्षतिग्रस्त पुलमा झुण्डिएर सुनकोशी वारपार गर्नुपर्ने बाध्यता

Published on

काठमाण्डौं । सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य भएका छन्। गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिकहरु ज्यानको बाजी राखेर नदी वारपार गरिरहेका छन् ।

सुनकोशीमा आएको बाढीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र उदयपुरको ताप्ली गाउँपालिका–५ रुपटारको निबुवाटार जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको थियो । हालसम्म उक्त पुल मर्मतमा राज्यको कुनै पनि निकायको नजर नपुगेपछि नागरिक पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य बनेका हुन् । डिकुवा–निबुवाटार जोड्ने पुलको दायाँ–वायाँको सपोर्ट लट्ठा चुँडिनुका साथै खोटाङतर्फको टावर ढल्किँदा पुल कोल्टिएको छ । तर कतिपय स्थानीय जोखिम मोलेर कोल्टिएको पुलबाट झुण्डिएर आवतजावत गरिरहेको डिकुवा आधारभुत विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताउनुभयो ।

बाढीले डिकुवा–निबुवाटार सहित डिकुवा चारबोटे र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल बगाएको थियो । डिकुवाको चारबोटे र सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल आवतजावत गर्नै नमिल्नेगरी क्षतिग्रस्त बनेको छ । नजिकको दुई झोलुङ्गे पुल बाढीले बगाएपछि डिकुवाका स्थानीयले विकल्पमा बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार तथा डिकुवा र उदयपुरको रुपटार जोड्ने राजदह पुल प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ । तर सुनकोशी बाढीले बाँकी राखेको पुल पुग्न करिब दुई घण्टा घुम्नुपर्ने भएपछि कतिपय स्थानीयले जोखिम मोलेर क्षतिग्रस्त पुलकै प्रयोग गरिरहेको प्रअ राईले बताउनुभयो । तारजाली बिहिन क्षतिग्रस्त पुलबाट वारपार गर्नेक्रममा स्थानीय नदीमा खस्ने त्रास बढेको छ ।

डिकुवाको चारबोटे र सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल भत्किएपछि सोरुङछबिसेस्थित बेँसीगाउँका विद्यार्थी डिकुवाको डिकुवा आधारभूत विद्यालय जान सकेका छैनन् । सोरुङछबिसेबाट सुनकोसी पुल तरेर दैनिक १६ जना विद्यार्थी डिकुवा आधारभुत विद्यालयमा जानेआउने गरेका थिए । तर आवत–जावत गर्न नमिल्नेगरी झोलुङ्गे पुल क्षतिग्रस्त बनेर झुण्डिएपछि विद्यार्थी पढ्नबाट वञ्चित भएको प्रअ राईले बताउनुभयो ।

कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा सोरुङछबिसेबाट बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी आउने गरेका छन् । सो विद्यालयमा ७८ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै, डिकुवा र निबुवाटार जोड्ने झोलुङ्गे पुल बगेपछि डिकुवाका विद्यार्थीको स्कुल जाने बाटो बन्द भएको छ । डिकुवाका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ११ विद्यार्थी दैनिक पुल तरेर रुपटारको महेन्द्र माविमा जाने–आउने गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...