धौलागिरी आइसफल पदमार्गमा पुलको अभाव

Published on

काठमाण्डौं । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हुँदै धौलागिरी हिमालको आधार शिविर (आइफल) जाने पदमार्गमा पर्ने विभिन्न खोलानालाहरुमा झोलुङ्गे पुलको अभाव हुँदा पदयात्रीका साथै स्थानीयहरुलाई वारपार गर्न समस्या भएको छ ।

झोलुङ्गे पुल नहुँदा काठको साँघुबाट जोखिम मोलेर खोला वारपार गर्नुपर्ने अवस्था छ । हिउँदमा स्थानीयवासीहरुले बनाएको काठको साँघु वर्खायाममा खोलाले बगाएपछि खोला तर्न समस्या हुने गरेको रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो । खोलानालाहरुमा निर्माण गरेका सबै काठेपुलहरु खोलाले बगाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘धौलागिरी आइसफल, कालिबराह र सोवाङ धुरी जाने विभिन्न खोलामा निर्माण गरिएका काठेपुलहरु बर्खाको बाढीले बगाएको छ । खोलामा पुल नहुँदा पदयात्रामा निस्केका पर्यटक, भेडा गोठाला र भेडाबाख्रालाई खोला वारपार गर्न समस्या भएको छ ।’’

चिमखोला हुँदै पर्यटकीय स्थल सोवाङ धुरी जाने पदमार्गको जस्लावाङ नजिक सिजी खोलामा निर्माण गरिएको काठको पुल बगाएका कारण खोला वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार धौलागिरी आधार शिविर र कालिबराह जाने कालिबराह खोलामा पनि झोलुङ्गे पुलको अभाव छ । पर्यटकीय सम्भावना रहेको म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आइसफल पदमार्गमा समेटिएको समुन्द्री सतहदेखि तीनहजार आठसय ४० मिटर उचाइमा रहेको सोवाङ धुरी जाने पदमार्गमा पर्ने खोलाहरुमा पुलको अभाव हुँदा निकै समस्या भएको वडाध्यक्ष पाइजाले बताउनुभयो ।

उहाँका अनुसार कालिबराह खोला, पुछारओढारको खोँच, सिजीखोला र राहुघाट खोलाको विभिन्न स्थानहरु गरेर पाँच स्थानमा झोलुङ्गे पुलको आवश्यकता छ । चिमखोला देखि पात्लेखेत–जस्लाङ–सिजीखोला–सिजीखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङधुरी जोड्ने पहिचान गरिएको पदमार्गमा झोलुङ्गे पुलको अभाव छ । वडाध्यक्ष पाइजाका अनुसार सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । पदमार्ग र झोलुङ्गे पुल निर्माण गरे यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको वडाध्यक्ष पाइजाले बताउनुभयो ।

पदमार्गमा आश्रयस्थल, खानेपानीको सुविधा र पदमार्गमा सङ्केत चिह्नहरु बनाउन आवश्यक भएको स्थानीय मण्डली युवा क्लबका अध्यक्ष प्रविन बुढाले बताउनुभयो । संसारको सातौ ९८,१६७० मिटर अग्लो धौलागिरी हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरी आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल गरिएपनि विभिन्न खोलाहरुमा झोलुङ्गे पुलहरुको अभाव भएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । झोलुङ्गे पुलका लागि सम्बन्धीत निकायमा गाउँपालिकाले पहल गरेको उहाँको भनाइ छ ।

पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतका निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारासम्मका विभिन्न स्थानहरुमा पदमार्ग निर्माण गरिसकिएको छ । धौलागिरी र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले बताउनुभयो ।

टुरिजम एजेन्सिज अफ पश्चिामाञ्चल क्षेत्रीय च्याप्टर ९टान० तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरी आइसफल पदमार्गको अध्ययन गरिएको थियो । म्याग्दी र मुस्ताङलाई पदमार्ग बाटै जोड्नका लागि धौलागिरी आइसफललाई बैकल्पिक पदमार्गको रुपमा पहिचान गरिएको थियो । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । गोरखपत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...